कार्तिक ७, २०८२ शुक्रबार | ११:५४:५२
मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित

एरिका गुरुङले दिलाइन् नेपाललाई ऐतिहासिक कांस्य पदक

काठमाडौं ।  एरिका गुरुङले कराते वान प्रिमियर लिगमा  नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् ।

मोरोक्कोको राबतमा आइतबार महिला ६८ केजीमाथी तौल समूह अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरिन् । योसँगै उनी यो प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

एरिकाले पहिलो सहभागितामै यो सफलता हात पारेकी हुन् । एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलिइन्। तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई  पराजित गरेकी थिइन् ।

यो कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।

विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain