चैत्र ७, २०८२ शनिबार | २१:४०:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बागमतीका सुजल र बविता च्याम्पियन

 काठमाडौं । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगितामा पुरुषतर्फ सुजल महर्जन र महिलातर्फ बविता कार्की च्याम्पियन बनेका छन् । दुवै खेलाडी बागमती प्रदेशका हुन् ।

नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष खुला फाइनलमा सुजलले गण्डकी प्रदेशका अर्जुन लामालाई पराजित गरे ।

यता महिला खुलातर्फको स्वर्ण भिडन्तमा बबिताले सइमा घिसिङलाई निरास बनाइन् ।  

विजेताले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले ७ हजार रुपैयाँ पाए ।

पुरुष ३० केजीमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले आफ्नै प्रदेशका राम विकलाई पराजित गरे । बागमतीका अग्रिम सापकोटा र लुम्बिनीका अर्जुन थिङ तेस्रो स्थानमा रहे ।

३५ केजीमा मधेश प्रदेशका ब्रह्मदेव महतोले स्वर्ण तथा बागमतीका शैलेन्द्र तामाङ रजत पदक हात पारे ।  मधेशकै सनराज अधिकारी तथा कोशीका जियान अधिकारी कांस्य पदक प्राप्त गरे ।

४० केजीको फाइनलमा सुदूरपश्चिमका खगेन्द्र विष्टले आफ्नै प्रदेशका दीपेश भट्टलाई पराजित गरे । बागमतीका साजन वाइबा र दीपेश तामाङ तेस्रो भए । ४५ केजीतर्फ सुदूरपश्चिमका बासुदेव खडायल पहिलो हुँदा कोशीका सुलभ लिम्बु दोस्रो स्थानमा रहे। कर्णालीका दीपेन्द्र ऐरी तथा लुम्बिनीका संयोग थपलिया तेस्रो स्थान हासिल गरे ।

५० केजीको फाइनलमा बगमतीका शशीप्रसाद विकले मधेशका चन्दन शाहलाई निरास बनाए । ५५ केजी बागमतीका राम शाही पहिलो हुँदा कोशीका अनमोल राई दोस्रो स्थान हासिल गरे । यस्तै ६० केजीतर्फ बागमतीका साइरस भुजेल पहिलो मधेशका नवीनसिंह ठगुन्ना दोस्रो भए ।

यता महिला ३५ केजीमा गण्डकीकी प्रदेशकी क्रिस्टिना बस्नेत पहिलो हुँदा बागमतीकी गंगा मोक्तानले दोस्रो स्थान हासिल गरिन् । ४० केजीको फाइनलमा गरिमा पार्कीले यसोदा रानालाई हराइन् । ४५ केजीतर्फ सुदूरपश्चिमका करिस्मा सार्की पहिलाे तथा अस्मिता राना दोस्रो भए । 

५० केजीतर्फ कर्णाली प्रदेशकी बागमती विष्ट पहिलो हुँदा बागमतीकी सादना विष्ट दोस्रो स्थानमा रहिन् । ५५ केजीको फाइनलमा सुदूरपश्चिकी रेविता चन्द गण्डकीकी रितिका चौधरीलाई पराजित गरिन् ।

सात प्रदेशका ३०० सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ समूहका स्पर्धा समावेश थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो