माघ १७, २०८२ शनिबार | १८:१५:४९
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

बागमतीका सुजल र बविता च्याम्पियन

 काठमाडौं । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगितामा पुरुषतर्फ सुजल महर्जन र महिलातर्फ बविता कार्की च्याम्पियन बनेका छन् । दुवै खेलाडी बागमती प्रदेशका हुन् ।

नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष खुला फाइनलमा सुजलले गण्डकी प्रदेशका अर्जुन लामालाई पराजित गरे ।

यता महिला खुलातर्फको स्वर्ण भिडन्तमा बबिताले सइमा घिसिङलाई निरास बनाइन् ।  

विजेताले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले ७ हजार रुपैयाँ पाए ।

पुरुष ३० केजीमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले आफ्नै प्रदेशका राम विकलाई पराजित गरे । बागमतीका अग्रिम सापकोटा र लुम्बिनीका अर्जुन थिङ तेस्रो स्थानमा रहे ।

३५ केजीमा मधेश प्रदेशका ब्रह्मदेव महतोले स्वर्ण तथा बागमतीका शैलेन्द्र तामाङ रजत पदक हात पारे ।  मधेशकै सनराज अधिकारी तथा कोशीका जियान अधिकारी कांस्य पदक प्राप्त गरे ।

४० केजीको फाइनलमा सुदूरपश्चिमका खगेन्द्र विष्टले आफ्नै प्रदेशका दीपेश भट्टलाई पराजित गरे । बागमतीका साजन वाइबा र दीपेश तामाङ तेस्रो भए । ४५ केजीतर्फ सुदूरपश्चिमका बासुदेव खडायल पहिलो हुँदा कोशीका सुलभ लिम्बु दोस्रो स्थानमा रहे। कर्णालीका दीपेन्द्र ऐरी तथा लुम्बिनीका संयोग थपलिया तेस्रो स्थान हासिल गरे ।

५० केजीको फाइनलमा बगमतीका शशीप्रसाद विकले मधेशका चन्दन शाहलाई निरास बनाए । ५५ केजी बागमतीका राम शाही पहिलो हुँदा कोशीका अनमोल राई दोस्रो स्थान हासिल गरे । यस्तै ६० केजीतर्फ बागमतीका साइरस भुजेल पहिलो मधेशका नवीनसिंह ठगुन्ना दोस्रो भए ।

यता महिला ३५ केजीमा गण्डकीकी प्रदेशकी क्रिस्टिना बस्नेत पहिलो हुँदा बागमतीकी गंगा मोक्तानले दोस्रो स्थान हासिल गरिन् । ४० केजीको फाइनलमा गरिमा पार्कीले यसोदा रानालाई हराइन् । ४५ केजीतर्फ सुदूरपश्चिमका करिस्मा सार्की पहिलाे तथा अस्मिता राना दोस्रो भए । 

५० केजीतर्फ कर्णाली प्रदेशकी बागमती विष्ट पहिलो हुँदा बागमतीकी सादना विष्ट दोस्रो स्थानमा रहिन् । ५५ केजीको फाइनलमा सुदूरपश्चिकी रेविता चन्द गण्डकीकी रितिका चौधरीलाई पराजित गरिन् ।

सात प्रदेशका ३०० सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ समूहका स्पर्धा समावेश थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।