काठमाडौं । बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगितामा काठमाडौं च्याम्पियन बनेको छ ।
नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा काठमाडैंले चार स्वर्ण र तीन रजत पदक जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा भक्तपुर दुई स्वर्ण, एक रजत र तीन कांस्यसाथ दोश्रो भयो । चितवनले समान पदक गोलाप्रथामा तेश्रो स्थानमा चित्त बुझायो ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा आठ गरी १७ स्पर्धामा ८२९ खेलाडीले सहभागिता जनाएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada