माघ ८, २०८२ बिहीबार | ०३:४४:२३
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडमा अनुबन्ध भएका तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

नेदरल्यान्ड्सका डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन् ।

अनुभवी सेटर आर्डेमाले नेदरल्यान्ड्स, स्पेन र जर्मनका लिग खेलेकी छन् । पछिल्लो समय उनी डच शीर्ष डिभिजन क्लब सुडोसा डेस्टोबाट खेलिरहेकी छन् । आर्डेमाले सन् २०२४ मा उनले डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

वेसेल्सले भलिबल करिअरको सुरुआत घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरेकी थिइन् ।  त्यसपछि उनले आरटिसी ग्रोनिङ्गेन हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल हुँदै स्लिड्रेच्ट स्पोर्ट पुगिन् ।

स्लिड्रेच्ट स्पोर्टमा रहँदा राष्ट्रिय उपाधि जितेकी उनले युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन् । पछिल्लो समय उनी सुडोसा-डेस्टो क्लबबाट खेल्दै आइरहेकी छन् ।

आउट साइड हिटर भिनस्ट्रा सन् २०२१/२२ सिजनदेखि डच शीर्ष डिभिजन भलिबल लिगको क्लब सुडोसाडेस्टोकाबाट खेल्दै आएकी छन् । उनले २०२४ मा उनले सुडोसा(डेस्टोबाट डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

मधेशले प्रशिक्षणको जिम्मेवारी कोपिला उप्रेतीलाई सुम्पिएको छ ।

मधेश युनाइटेड टोली
निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट, बविता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate