चैत्र २०, २०८१ बुधबार | १५:०७:५७
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण

पदक विजेता खेलाडी ।

काठमाडौं । प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगिताको एकल कातामा टोखा भैरवका सुजन तामाङले पुरुष तथा अप्सना रोका मगरले महिलातर्फ स्वर्ण पदक जितेका छन् ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा सोमबार भएको प्रतियोगिताको पुरुष २५ केजीमुनिमा अजिमाका अनुरोज थापामगर, ३० केजीमुनिमा गोंगबुका सिहान राना, ३५ केजीमुनिमा मनमैजुका शुलभ राजवाहक र ६० केजीमाथिमा मनमैजुका सुरज राजवाहकले स्वर्ण पदक प्राप्त गरे ।  

यसैगरी महिला २५ केजीमुनिमा रोयल करातेकी निशुका महर्जन, ३० केजीमुनिमा गोदावरीकी आइस्टी पहरी, ३५ केजीमुनिमा गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनिमा मनमैजुकी एलिना तामाङ, ४५ केजीमुनिमा मनमैजुकी प्रतिक्षा तामाङ र ५० केजीमुनिमा नागार्जुनकी सृजना तामाङले स्वर्ण पदक हात पारे ।

प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । सो अवसरमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति  थियो ।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा २५ टिमका ३५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

टोखा नगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।