माघ १६, २०८२ शुक्रबार | ०७:५२:२८
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

भुवन र दिनेशलाई संयुक्तरुपमा अग्रता

भुवन नगरकोटी

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापतीले समग्रमा १०-अन्डर १३४ सहित संयुक्तरुपमा अग्रता लिएका छन् । 

उनीहरूले निरज तामाङ, सुवास तामाङ र एमेच्योर सद्भाव आचार्यलाई तीन स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर दिनेशले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
 
समग्रमा ७-अन्डर १३७ को स्कोरमा निरज, साविक विजेता सुवास र सद्भाव  संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६६ को उत्कृष्ट स्कोर दर्ज गर्दा सुवास र सद्भावले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ५-अन्डर १३९ सहित तोरणविक्रम शाही र एमेच्योर विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा छैटौं स्थानमा छन्। विजयले आज २-अन्डर ७० र तोरणले १-ओभर ७३ मा खेल सकाए। यो स्कोरमा तोरण आज दोस्रो स्थानबाट छैटौं स्थानमा झरे।

समग्रमा ४-अन्डर १४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्तरुपमा आठौं स्थानमा छन्। जयरामले ४-अन्डर ६८, सञ्जयले ३-अन्डर ६९ र सुमनले २-ओभर ७४ को स्कोर गरे।

३६ होलको समाप्तीमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन्। प्रोतर्फ रमेश अधिकारी, धनबहादुर थापा, भुवनकुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भुबहादुर गुरुङ, दलबहादुर लामा, टंकबहादुर कार्की, किशन कालीराज सुनार, वसन्त राज गुरुङ, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा र युवराज भुजेलले कट बनाए।

एमेच्योरतर्फ सद्भाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङचेन ढोन्डुपले अन्तिम दुई दिनको लागि  स्थान सुरक्षित गरे।

दिनेश प्रजापती

 पहिलो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा सकाए। दोस्रो होलको बोगीबाट सुरुआत गरे पनि तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा पनि चार वटा होलमा बर्डी प्रहार गरे। १०औं, १२औं, १४औं र १७औं होलमा एक/एक सट बचाए भने १५औं होलमा बोगी खेपे। उनले बुधबार कुल आठ बर्डी प्रहार गरे।

पहिलो दिनको लिडर दिनेशले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र चौथो होलमा एक/एक सट खेर फाले। यसपछि १४औं होलको बोगीविरुद्ध ११औं र १२औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। पहिलो, तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा भने निरजले १०औं देखि १२औं र १८औं होलमा गरी चार बर्डी प्रहार गरे। ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।

सुवासले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले। यसपछि ११औं होलको बोगीविरुद्ध १२औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। दोस्रो र आठौं होलको बोगीविरुद्ध तेस्रो, पाँचौं, छैंटौं र सातौं होलमा एक/एक सट बचाए। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। ११औं होलमा बोगी प्रहार गरे भने १२औं र १३औं होलमा एक/एक सट बचाए।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।