चैत्र ६, २०८२ शुक्रबार | ०८:१०:२६
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

हङकङसँग मंगलबार भिड्दै महिला राष्ट्रिय टोली, नयाँ इतिहास लेख्ने उद्देश्य 

काठमाडौं, (खेलाडी)– ३५ वर्ष पहिला नेपाली महिला फुटबलले हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पाइला राखेको थियो ।

त्यसैले उज्वेकिस्तानको तास्कन्दमा भोली मंगलबार त्यही प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग अर्को एउटा संयोग पनि हुनेछ, प्रतियोगिताको ।

नेपालले १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गर्दाको प्रतियोगिता थियो, एएफसी महिला एसियन कप । अहिले पनि नेपाल त्यही प्रतियोगिताको छनोटका लागि तास्कन्द पुगेको हो । संयोगले मंगलबार नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको पहिलो प्रतिद्वन्द्वी हङकङ नै प्रतिस्पर्धिका रुपमा मिलेको छ ।

प्रतियोगिता र प्रतिद्वन्द्वीको संयोग मिले पनि यसपाली नेपाल नतिजामा भने परिवर्तन चाहन्छ । अर्थात भोल हङकङसँग खेल्दा नेपाल पूर्वी एसियाको प्रतिद्वन्द्वीमाथि पहिलो जितको खोजीमा हुनेछ ।

छनोट प्रतियोगिताको पहिलो खेलमा तीन दिनअघि नेपालले महिला फुटबलमा बलियो मानिएको फिलिपिन्ससँग खेलेको थियो । तर पूरा समय खेलमाथि नियन्त्रण राख्नाको साथै सुरुमै अग्रता लिए पनि नेपालले नतिजा भने हात पार्न सकेन । अन्तिम मिनेट र इन्जुरी समयमा गरी दुई गोल खाँदा नेपाल २१ को नतिजामा पराजित भएको थियो ।

फिलिपिन्सविरुद्धको खेलमा पराजित भए पनि नेपालले गरेको प्रदर्शन स्मरणयोग्य थियो । टोलीकी सबभन्दा स्टार स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण अनुपस्थित भएको प्रतियोगिताको पूर्वसन्ध्यामा नियमित रक्षक पुनम जर्गा मगरलाई पनि नेपालले अस्वस्थताका कारण गुमाउनु परेको थियो । यस्तो अवस्थामा भएको त्यो प्रदर्शन नेपाली महिला फुटबललाई उत्साहित बनाउने खालको थियो । 

त्यही जोशमा ३५ वर्षअघिको पहिलो खेलमा हङकङसँग १-० ले पराजित भएको नेपाल मंगलबार त्यो नतिजा उल्टाउन चाहन्छ ।

त्यसोत नेपालले हङकङसँग १९८९ मा पनि खेलेको थियो । एएफसी महिला च्याम्पियनसिपअन्तर्गत ३२ वर्षअघि भएको त्यो भिडन्तमा पनि नेपालको भाग्यमा हार नै थियो । यो हार तीन वर्षअघि भन्दा पनि फराकिलो थियो । दोस्रो खेलमा हङकङले नेपालमाथि ३-० को जित हासिल गरेको थियो । 

हङकङसँगका पछिल्ला दुई भिडन्तमा चार गोल खाएको नेपालका लागि पूर्वी एसियाको प्रतिद्वन्द्वीविरुद्ध गोलको खाता खोल्नका लागि पनि मंगलबारको खेल राम्रो अवसर हुन सक्छ ।

त्यसवाहेक पनि नेपाली महिला टोलीले लगातार तीन पटक एएफसीको प्रतियोगिता खेलेको थियो । तर सबैमा नेपालको यात्रा समूह चरणमा नै सीमित रह्यो । 

यसपाली दृष्य फरक हुने दाबी गरिएको छ । छनोट प्रतियोगिताको तयारीस्वरुप नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एकमा जित हासिल गरेको टोली अर्को खेलमा बराबरीमा रोकिएको थियो । 
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रासँगै पुनमको समेत अनुपस्थितीमा नयाँ खेलाडीसम्मिलित टोलीले गरेको प्रदर्शनबाट आशा बढेको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका थिए । 

गत फागुनमा महिला लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि सावित्रा उपचारमा छिन् । घुँडाको शल्यक्रियापछि सावित्रा हाल कतारमा उपचार गराइरहेकी छिन् । 

यस्तै बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि फिफा प्रिकम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी) मा मुटुको समस्या देखिएपछि पुनम पनि राष्ट्रिय टिममा छैनन् ।

प्रशिक्षक फिलिप्सले यसपाली टोलीमा सात नयाँ अनुहारलाई समावेश गरेका छन् । 

टिमका समावेश गरिएका नयाँ खेलाडीमध्ये प्रिती राई र सविता रानाले ‘डेब्यु’ खेलमै गोल गरेका थिए ।

प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राको अनुपस्थितिमा नयाँ खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र आफूलाई उत्कृष्ट सावित गर्ने विश्वास व्यक्त गरेका थिए । 

‘सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन् । उनको अनुपस्थितीले टोली केही दबाबमा पर्न सक्छ तर यो नयाँ खेलाडीका लागि आफ्नो क्षमता प्रमााणित गर्ने सुनौलो अवसर हो,’ उनले भने । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो