माघ ८, २०८२ बिहीबार | १२:३४:०६
नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित

हङकङसँग मंगलबार भिड्दै महिला राष्ट्रिय टोली, नयाँ इतिहास लेख्ने उद्देश्य 

काठमाडौं, (खेलाडी)– ३५ वर्ष पहिला नेपाली महिला फुटबलले हङकङसँग खेल्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पाइला राखेको थियो ।

त्यसैले उज्वेकिस्तानको तास्कन्दमा भोली मंगलबार त्यही प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग अर्को एउटा संयोग पनि हुनेछ, प्रतियोगिताको ।

नेपालले १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गर्दाको प्रतियोगिता थियो, एएफसी महिला एसियन कप । अहिले पनि नेपाल त्यही प्रतियोगिताको छनोटका लागि तास्कन्द पुगेको हो । संयोगले मंगलबार नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको पहिलो प्रतिद्वन्द्वी हङकङ नै प्रतिस्पर्धिका रुपमा मिलेको छ ।

प्रतियोगिता र प्रतिद्वन्द्वीको संयोग मिले पनि यसपाली नेपाल नतिजामा भने परिवर्तन चाहन्छ । अर्थात भोल हङकङसँग खेल्दा नेपाल पूर्वी एसियाको प्रतिद्वन्द्वीमाथि पहिलो जितको खोजीमा हुनेछ ।

छनोट प्रतियोगिताको पहिलो खेलमा तीन दिनअघि नेपालले महिला फुटबलमा बलियो मानिएको फिलिपिन्ससँग खेलेको थियो । तर पूरा समय खेलमाथि नियन्त्रण राख्नाको साथै सुरुमै अग्रता लिए पनि नेपालले नतिजा भने हात पार्न सकेन । अन्तिम मिनेट र इन्जुरी समयमा गरी दुई गोल खाँदा नेपाल २१ को नतिजामा पराजित भएको थियो ।

फिलिपिन्सविरुद्धको खेलमा पराजित भए पनि नेपालले गरेको प्रदर्शन स्मरणयोग्य थियो । टोलीकी सबभन्दा स्टार स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण अनुपस्थित भएको प्रतियोगिताको पूर्वसन्ध्यामा नियमित रक्षक पुनम जर्गा मगरलाई पनि नेपालले अस्वस्थताका कारण गुमाउनु परेको थियो । यस्तो अवस्थामा भएको त्यो प्रदर्शन नेपाली महिला फुटबललाई उत्साहित बनाउने खालको थियो । 

त्यही जोशमा ३५ वर्षअघिको पहिलो खेलमा हङकङसँग १-० ले पराजित भएको नेपाल मंगलबार त्यो नतिजा उल्टाउन चाहन्छ ।

त्यसोत नेपालले हङकङसँग १९८९ मा पनि खेलेको थियो । एएफसी महिला च्याम्पियनसिपअन्तर्गत ३२ वर्षअघि भएको त्यो भिडन्तमा पनि नेपालको भाग्यमा हार नै थियो । यो हार तीन वर्षअघि भन्दा पनि फराकिलो थियो । दोस्रो खेलमा हङकङले नेपालमाथि ३-० को जित हासिल गरेको थियो । 

हङकङसँगका पछिल्ला दुई भिडन्तमा चार गोल खाएको नेपालका लागि पूर्वी एसियाको प्रतिद्वन्द्वीविरुद्ध गोलको खाता खोल्नका लागि पनि मंगलबारको खेल राम्रो अवसर हुन सक्छ ।

त्यसवाहेक पनि नेपाली महिला टोलीले लगातार तीन पटक एएफसीको प्रतियोगिता खेलेको थियो । तर सबैमा नेपालको यात्रा समूह चरणमा नै सीमित रह्यो । 

यसपाली दृष्य फरक हुने दाबी गरिएको छ । छनोट प्रतियोगिताको तयारीस्वरुप नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एकमा जित हासिल गरेको टोली अर्को खेलमा बराबरीमा रोकिएको थियो । 
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रासँगै पुनमको समेत अनुपस्थितीमा नयाँ खेलाडीसम्मिलित टोलीले गरेको प्रदर्शनबाट आशा बढेको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका थिए । 

गत फागुनमा महिला लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि सावित्रा उपचारमा छिन् । घुँडाको शल्यक्रियापछि सावित्रा हाल कतारमा उपचार गराइरहेकी छिन् । 

यस्तै बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि फिफा प्रिकम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी) मा मुटुको समस्या देखिएपछि पुनम पनि राष्ट्रिय टिममा छैनन् ।

प्रशिक्षक फिलिप्सले यसपाली टोलीमा सात नयाँ अनुहारलाई समावेश गरेका छन् । 

टिमका समावेश गरिएका नयाँ खेलाडीमध्ये प्रिती राई र सविता रानाले ‘डेब्यु’ खेलमै गोल गरेका थिए ।

प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राको अनुपस्थितिमा नयाँ खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र आफूलाई उत्कृष्ट सावित गर्ने विश्वास व्यक्त गरेका थिए । 

‘सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन् । उनको अनुपस्थितीले टोली केही दबाबमा पर्न सक्छ तर यो नयाँ खेलाडीका लागि आफ्नो क्षमता प्रमााणित गर्ने सुनौलो अवसर हो,’ उनले भने । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate