माघ १८, २०८२ आइतबार | २२:५२:३५
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

आर्सनलसँग दुरी घटाउँदै सिटी

लन्डन । रियाद महारेजको दुई गोलमा टोटनहममाथि ४-२ को पुनरागमन जितसहित साबिकको विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ ।

सिटीको १९ खेलमा ४२ अंक छ भने शीर्ष स्थानको आर्सनललको १८ खेलमा ४७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३९,चौथो स्थानको न्युक्यासल युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको १९ खेलमा ३३ अंक छ । 

पहिलो हाफको अन्तिममा डेजान कुलुभेस्कि र इर्मसन रोयलको गोलमा टोटनहमले २-० को अग्रता लिएसँगै पेप ग्वार्डिओलाको टोलीको आर्सनलसँग दुरी घटाउने लक्ष्य धरमराएको थियो । 

इत्तिहाद स्टेडिमयमा ४४औं मिनेटमा डेजानको गोलमा टोटनहमले अग्रता लिएको थियो । पहिलो हाफको इन्जरी समयको दोस्रो मिनेटमा रोयलले टोटनहमको अग्रता दोब्बर पारेका थिए ।

५१औं मिनेटमा अल्भारेज र ५३औं मिनेटमा एर्लिङ हाल्यान्डको गोलमा सिटी खेलमा फर्किएको थियो । 

६५औं मिनेटमा महारेजको गोलमा सिटीले अग्रता लिएको थियो । ९०औं मिनेटमा महारेजले नै सिटीका लागि चौथो गोल गर्दै जित पक्का गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।