माघ १८, २०८२ आइतबार | ०१:२८:१९
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

मेसी र रोनाल्डो दुबैको गोल, पिएसजीको जित

रियाद । विश्वकप च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको खेलमा पिएसजीले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हरायो ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले ३९औै मिनेटमा सिधै रातो कार्डको देखाएका थिए ।

अल स्टार्सले साउदी अरेबियन क्लब अल नासर र अल हिलालको खेलाडीसम्मिलित टोली हो । किङ फहाद मैदानमा मेसीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । दोहामा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका मेसीले नेयमारको पासमा गोल गरेका थिए । मेसीको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाइसले रोक्न सकेनन् ।

खेलको ३४औं मिनेटमा रोनाल्डोले गोल गरे । पाएको पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै रोनाल्डोले चर्चित सेलेब्रेसन गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले २–२ गोलको बराबरी गोल  फर्र्काए । रोनाल्डोको हेडिङ पोस्टमा लागेर फर्किएको बललाई रोनाल्डोले नै बक्सभित्रबाट सहजै गोल गर्न सफल भए ।  

खेलको ५३औंं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो । रक्षक रामोसले गोल गरे । स्ट्राइकर केलियन एम्बाप्पले बक्स भित्रबाट मिलाएको पासलाई रामोसले सहजै फिनिसिङ गरेका थिए । 

चोथो गोल खेलको ६०औं मिनेटमा सम्भव भयो । एम्बाप्पे पेनाल्टीमा सहज गोल गरे । मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको थियो ।

खेलको पाँचौ गोल पिएसजीले ७८औं मिनेटमा गर्यो । वैकल्पिक खेलाडी इकिटिकेले काउन्टरमा अट्याकमा ५–३ को अग्रता बनाए । अस स्टार्सका टालिस्काले इन्जुरी समयमा गोल गरेका थिए ।

फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो । रोनाल्डो विश्वकपपछि कीर्तिमानी मुल्यमा साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका छन् । मैत्रीपूर्ण खेलको प्लेअफ अफ दि म्याच रोनाल्डो भए । 


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।