चैत्र १६, २०८२ सोमबार | १५:०४:३६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

मेसी र रोनाल्डो दुबैको गोल, पिएसजीको जित

रियाद । विश्वकप च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको खेलमा पिएसजीले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हरायो ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले ३९औै मिनेटमा सिधै रातो कार्डको देखाएका थिए ।

अल स्टार्सले साउदी अरेबियन क्लब अल नासर र अल हिलालको खेलाडीसम्मिलित टोली हो । किङ फहाद मैदानमा मेसीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । दोहामा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका मेसीले नेयमारको पासमा गोल गरेका थिए । मेसीको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाइसले रोक्न सकेनन् ।

खेलको ३४औं मिनेटमा रोनाल्डोले गोल गरे । पाएको पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै रोनाल्डोले चर्चित सेलेब्रेसन गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले २–२ गोलको बराबरी गोल  फर्र्काए । रोनाल्डोको हेडिङ पोस्टमा लागेर फर्किएको बललाई रोनाल्डोले नै बक्सभित्रबाट सहजै गोल गर्न सफल भए ।  

खेलको ५३औंं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो । रक्षक रामोसले गोल गरे । स्ट्राइकर केलियन एम्बाप्पले बक्स भित्रबाट मिलाएको पासलाई रामोसले सहजै फिनिसिङ गरेका थिए । 

चोथो गोल खेलको ६०औं मिनेटमा सम्भव भयो । एम्बाप्पे पेनाल्टीमा सहज गोल गरे । मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको थियो ।

खेलको पाँचौ गोल पिएसजीले ७८औं मिनेटमा गर्यो । वैकल्पिक खेलाडी इकिटिकेले काउन्टरमा अट्याकमा ५–३ को अग्रता बनाए । अस स्टार्सका टालिस्काले इन्जुरी समयमा गोल गरेका थिए ।

फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो । रोनाल्डो विश्वकपपछि कीर्तिमानी मुल्यमा साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका छन् । मैत्रीपूर्ण खेलको प्लेअफ अफ दि म्याच रोनाल्डो भए । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो