ब्युनस आयर्स, जेठ १७ (खेलाडी)– दक्षिण अमेरिकी फुटबल महासंघले अर्जेन्टिनामा नगर्ने घोषणा गरेसँगै किक–अफका लागि दुई हप्ता मात्र बाँकी रहँदा कोपा अमेरिका आयोजक राष्ट्रविहीन बनेको छ । सुरुमा कोलम्बिया र अर्जेन्टिनामा हुने भनिएको कोपा अमेरिका कोलम्बियामा विरोध बढेपछि अर्जेन्टिनामा हुने भनिएको थियो ।
तर, कोरोना भाइरसका नयाँ संक्रमित थपिन थालेपछि महासंघले अर्जेन्टिनामा पनि प्रतियोगिता नगर्ने बताएको थियो । आइतबार राति महासंघले प्रतियोगिताबारे गरेको घोषणासँगै कोपा अमेरिका हुने कि नहुने नै अनिश्चित बनेको छ ।
महासंघले ट्वीटरमा भनेको छ, ‘महासंघले अर्जेन्टिनामा नगर्ने भर्खरै निर्णय गरेको हो । अहिले अन्य दुई देशले कोपा आयोजनामा चासो देखाएका छन्, त्यसबारे चाँडै निर्णय हुनेछ ।’
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
