चैत्र ११, २०८२ बुधबार | ०५:२३:३६
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

घरेलु मैदानमा पाकिस्तानको चुनौती पन्छ्याउनेमा रोहित आशावादी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान रोहित चन्दले पाकिस्तान आफूहरुका लागि सधै कठिन प्रतिद्धन्द्धी भए पनि बुधबार उनीहरुविरुद्ध घरेलु मैदानमा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

नेपालले बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे पाकिस्तानको सामाना गर्दैैछ ।

‘टोलीले राम्रो तयारी गरेकाले सुखद नतिजाको आशा गरेका छौ, ’रोहितले भने, ‘पाकिस्तान विगतबाटै हाम्रा लागि कठिन प्रतिद्धन्द्धी रहँदै आएको छ । तर यस पटक हामी उनीहरुलाई घरेलु मैदानमा निराश बनाउँछौ भन्नेमा विश्वस्त छौ । पहिलो पटक टोलीको कप्तानीको जिम्मेवारी पूरा गर्दैछु । टोलीमा भएका सबै खेलाडी नै कप्तान हो ।सबैको आ-आफ्नो जिम्मेवारी हुन्छ । त्यही नै पूरा गर्ने हो । त्यसैले मैले दबाब लिएको छैन ।’

यता नेपालका कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तान फिफाको निलम्बनका कारण केही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट अलग रहे पनि त्यहाँका खेलाडीहरु भने विदेशी लिगमा निरन्तर सहभागी भैरहेकाले उनीहरुलाई कमजोर टोलीको रुमपा नलिने बताए ।

‘हामीमाथि पाकिस्तान हाबी हुँदै आएको । यस पटक पाकिस्तान फिफाको निलम्बनपछि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गर्दैछ’ ,प्रवेशले भने, ‘जसका कारण उनीहरु सुखद नतिजा ल्याउन चाहन्छन् । उनीहरुका खेलाडी विदेशी लिगमा सहभागी भैरहेका छन् । त्यसैले उनीहरु हामीभन्दा माथि छन् । तर पनि हामी जित निकाल्नेमा भने आशाबादी छौ । नेपालमा लामो समयदेखी घरेलु फुटबल नभएकाले खेलाडीहरुमा फिटनेसको समस्या देखिएके छ ।’

पाकिस्तानका कप्तान हसन वासिरले भने नेपालमाथि सधै हाबी रहँदै आएकाले यस पटक पनि सोही छबी कायम राख्ने बताए ।

'नेपालविरुद्ध हाम्रो राम्रो इतिहास छ । त्यसैले हामी जित निकाल्छौ भन्नेमा विश्वस्त छौ, वासिरले भने, नेपालविरुद्ध मैले यस भन्दा अघि चार पटक खेलेको छु । जसमध्ये हामीले तीन खेल जितेका छौ भने एक खेल बराबरीमा सकिएको छ ।

यता पाकिस्तानका प्रशिक्षक सहजाद अन्दवरले पाकिस्तानको फुटबल कठिनस्थितीबाट गुज्ररहे पनि नेपालविरुद्धको खेलमा आफूहरु सुखद नतिजाको लक्ष्यमा रहेको बताए ।

'टोलीले राम्रो तयारी गर्न पाएको छैन तर पनि हाम्रा खेलाडी क्षमतावान छन् । त्यसैले नेपालविरुद्ध सुखद नतिजाको आशमा छौ,अन्दवरले भने ।

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो