माघ १५, २०८२ बिहीबार | १४:४९:४९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

घरेलु मैदानमा पाकिस्तानको चुनौती पन्छ्याउनेमा रोहित आशावादी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान रोहित चन्दले पाकिस्तान आफूहरुका लागि सधै कठिन प्रतिद्धन्द्धी भए पनि बुधबार उनीहरुविरुद्ध घरेलु मैदानमा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

नेपालले बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे पाकिस्तानको सामाना गर्दैैछ ।

‘टोलीले राम्रो तयारी गरेकाले सुखद नतिजाको आशा गरेका छौ, ’रोहितले भने, ‘पाकिस्तान विगतबाटै हाम्रा लागि कठिन प्रतिद्धन्द्धी रहँदै आएको छ । तर यस पटक हामी उनीहरुलाई घरेलु मैदानमा निराश बनाउँछौ भन्नेमा विश्वस्त छौ । पहिलो पटक टोलीको कप्तानीको जिम्मेवारी पूरा गर्दैछु । टोलीमा भएका सबै खेलाडी नै कप्तान हो ।सबैको आ-आफ्नो जिम्मेवारी हुन्छ । त्यही नै पूरा गर्ने हो । त्यसैले मैले दबाब लिएको छैन ।’

यता नेपालका कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तान फिफाको निलम्बनका कारण केही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट अलग रहे पनि त्यहाँका खेलाडीहरु भने विदेशी लिगमा निरन्तर सहभागी भैरहेकाले उनीहरुलाई कमजोर टोलीको रुमपा नलिने बताए ।

‘हामीमाथि पाकिस्तान हाबी हुँदै आएको । यस पटक पाकिस्तान फिफाको निलम्बनपछि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गर्दैछ’ ,प्रवेशले भने, ‘जसका कारण उनीहरु सुखद नतिजा ल्याउन चाहन्छन् । उनीहरुका खेलाडी विदेशी लिगमा सहभागी भैरहेका छन् । त्यसैले उनीहरु हामीभन्दा माथि छन् । तर पनि हामी जित निकाल्नेमा भने आशाबादी छौ । नेपालमा लामो समयदेखी घरेलु फुटबल नभएकाले खेलाडीहरुमा फिटनेसको समस्या देखिएके छ ।’

पाकिस्तानका कप्तान हसन वासिरले भने नेपालमाथि सधै हाबी रहँदै आएकाले यस पटक पनि सोही छबी कायम राख्ने बताए ।

'नेपालविरुद्ध हाम्रो राम्रो इतिहास छ । त्यसैले हामी जित निकाल्छौ भन्नेमा विश्वस्त छौ, वासिरले भने, नेपालविरुद्ध मैले यस भन्दा अघि चार पटक खेलेको छु । जसमध्ये हामीले तीन खेल जितेका छौ भने एक खेल बराबरीमा सकिएको छ ।

यता पाकिस्तानका प्रशिक्षक सहजाद अन्दवरले पाकिस्तानको फुटबल कठिनस्थितीबाट गुज्ररहे पनि नेपालविरुद्धको खेलमा आफूहरु सुखद नतिजाको लक्ष्यमा रहेको बताए ।

'टोलीले राम्रो तयारी गर्न पाएको छैन तर पनि हाम्रा खेलाडी क्षमतावान छन् । त्यसैले नेपालविरुद्ध सुखद नतिजाको आशमा छौ,अन्दवरले भने ।

 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।