माघ १६, २०८२ शुक्रबार | ०२:५९:४६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

पाकिस्तानसँगको मैत्रीपूर्ण खेल कात्तिक तीस गते, प्रशिक्षकमा न्यौपाने वा कटुवाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली प्रतिद्धन्द्धी पाकिस्तानसँग यसै महिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

पाकिस्तान फुटबल संघले दुई साताअघि पठाएको प्रस्ताबमा सहमति जनाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही कात्तिक ३० गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने पक्का गरेको छ ।

भारत भ्रमणमा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङको अनुपस्थितीमा कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको कार्यसमितिको उपलब्ध सदस्यहरुको बैठकले पाकिस्तानसँग एक मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो ।

पाकिस्तानले यही नोभेम्बर १४ देखि २८ को बीचमा दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गर्न चाहेको भन्दै एन्फासमक्ष प्रस्ताब गरेको थियो । तर आफ्नै आन्तरिक किचलोमा रुमल्लिएको एन्फाले दुई सातासम्म त्यसको जवाफ पठाएको थिएन । सोमबार बसेको बैठकबाट पाकिस्तानले प्रस्ताब गरेको समयमा नेपालमा आम निर्वाचन पर्ने भएकाले एक खेल मात्र खेल्न सकिने निर्णय गरेको एन्फाले जनाएको छ ।

‘पाकिस्तानले कात्तिक २८ देखि मंसिर १२ को बीचमा दुई खेल गर्नका लागि भनेर प्रस्ताब गरेको थियो । तर हामीकहाँ मंसिर चार गते आम निर्वाचन भएकाले कात्तिक ३० गते एउटा खेलमात्र खेल्न सकिने भयौं । त्यहीअनुसार पाकिस्तान फुटबल संघमा पत्राचार गरिइसकिएको छ,’ एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले खेलाडीसँग भने ।

खड्काको अध्यक्षतामा सोमबार बसेको बैठकमा २१ सदस्यीय एन्फा कार्यसमितिका दुई उपाध्यक्ष विराटजंग शाही र दावा लामाका साथै कार्यसमितिका सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रुपेश अधिकारी र सरिला श्रेष्ठको मात्र उपस्थिती थियो ।

‘उपलब्ध साथीहरु भौतिक रुपमै उपस्थित भयौं । बाँकी साथीहरुको सहमतिमा निर्णय भएको हो,’ बैठकमा सहभागी अर्का एक सदस्यले भने ।

यसैबीच कात्तिक ३० गते हुने भनिएको खेलका लागि राष्ट्रिय टोलीमा प्रशिक्षणको जिम्मा मछिन्द्र क्लबका प्रवेश कटुवाल वा त्रिभुवन आर्मी फुटबल क्लबका नवीन न्यौपानेमध्ये एकलाई दिने पनि बैठकले सहमती गरेको छ । सहमतीअनुसार दुईमध्ये एक प्रशिक्षकलाई राष्ट्रिय टोली जिम्मा लगाउने विषयमा दुवैसँग कुराकानी गरेर निर्णय लिने अधिकार अध्यक्ष नेम्वाङलाई दिइएको छ ।

‘तथापि, न्यौपाने पारिवारिक कारणले उपलब्ध हुन नसक्ने सम्भावना छ । त्यसो भए कटुवाल जीको सम्भावना बढि रहन्छ । अध्यक्षले दुवै जनासँग कुरा गरेपछि निर्णय लिनुहुन्छ,’ सोमबारको बैठकका एक सहभागीले खेलाडीसँग भने ।  

लामो समय फिफाको प्रतिबन्ध झेलेको पाकिस्तानले सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि कुनै खेल खेलेको छैन । फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी महिला टिमले भने गत महिना नेपालमै सम्पन्न साफ च्याम्पियनसिप खेलिसकेको छ ।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले दुई महिनाअघि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । नेपालले गत महिना बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ३-१ ले विजयी भएको थियो । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादास्पद बर्हिगमन गराइएको त्यो खेलमा एन्फाले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी नेपाली मुलका अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई दिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।