चैत्र ८, २०८२ आइतबार | १०:४४:२५
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पाकिस्तानसँगको मैत्रीपूर्ण खेल कात्तिक तीस गते, प्रशिक्षकमा न्यौपाने वा कटुवाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली प्रतिद्धन्द्धी पाकिस्तानसँग यसै महिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

पाकिस्तान फुटबल संघले दुई साताअघि पठाएको प्रस्ताबमा सहमति जनाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही कात्तिक ३० गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने पक्का गरेको छ ।

भारत भ्रमणमा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङको अनुपस्थितीमा कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको कार्यसमितिको उपलब्ध सदस्यहरुको बैठकले पाकिस्तानसँग एक मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो ।

पाकिस्तानले यही नोभेम्बर १४ देखि २८ को बीचमा दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गर्न चाहेको भन्दै एन्फासमक्ष प्रस्ताब गरेको थियो । तर आफ्नै आन्तरिक किचलोमा रुमल्लिएको एन्फाले दुई सातासम्म त्यसको जवाफ पठाएको थिएन । सोमबार बसेको बैठकबाट पाकिस्तानले प्रस्ताब गरेको समयमा नेपालमा आम निर्वाचन पर्ने भएकाले एक खेल मात्र खेल्न सकिने निर्णय गरेको एन्फाले जनाएको छ ।

‘पाकिस्तानले कात्तिक २८ देखि मंसिर १२ को बीचमा दुई खेल गर्नका लागि भनेर प्रस्ताब गरेको थियो । तर हामीकहाँ मंसिर चार गते आम निर्वाचन भएकाले कात्तिक ३० गते एउटा खेलमात्र खेल्न सकिने भयौं । त्यहीअनुसार पाकिस्तान फुटबल संघमा पत्राचार गरिइसकिएको छ,’ एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले खेलाडीसँग भने ।

खड्काको अध्यक्षतामा सोमबार बसेको बैठकमा २१ सदस्यीय एन्फा कार्यसमितिका दुई उपाध्यक्ष विराटजंग शाही र दावा लामाका साथै कार्यसमितिका सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रुपेश अधिकारी र सरिला श्रेष्ठको मात्र उपस्थिती थियो ।

‘उपलब्ध साथीहरु भौतिक रुपमै उपस्थित भयौं । बाँकी साथीहरुको सहमतिमा निर्णय भएको हो,’ बैठकमा सहभागी अर्का एक सदस्यले भने ।

यसैबीच कात्तिक ३० गते हुने भनिएको खेलका लागि राष्ट्रिय टोलीमा प्रशिक्षणको जिम्मा मछिन्द्र क्लबका प्रवेश कटुवाल वा त्रिभुवन आर्मी फुटबल क्लबका नवीन न्यौपानेमध्ये एकलाई दिने पनि बैठकले सहमती गरेको छ । सहमतीअनुसार दुईमध्ये एक प्रशिक्षकलाई राष्ट्रिय टोली जिम्मा लगाउने विषयमा दुवैसँग कुराकानी गरेर निर्णय लिने अधिकार अध्यक्ष नेम्वाङलाई दिइएको छ ।

‘तथापि, न्यौपाने पारिवारिक कारणले उपलब्ध हुन नसक्ने सम्भावना छ । त्यसो भए कटुवाल जीको सम्भावना बढि रहन्छ । अध्यक्षले दुवै जनासँग कुरा गरेपछि निर्णय लिनुहुन्छ,’ सोमबारको बैठकका एक सहभागीले खेलाडीसँग भने ।  

लामो समय फिफाको प्रतिबन्ध झेलेको पाकिस्तानले सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि कुनै खेल खेलेको छैन । फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी महिला टिमले भने गत महिना नेपालमै सम्पन्न साफ च्याम्पियनसिप खेलिसकेको छ ।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले दुई महिनाअघि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । नेपालले गत महिना बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ३-१ ले विजयी भएको थियो । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादास्पद बर्हिगमन गराइएको त्यो खेलमा एन्फाले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी नेपाली मुलका अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई दिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो