वैशाख २६, २०८२ शुक्रबार | १७:१९:१३
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

पुरुष फुटबलको स्वर्ण पदकका लागि आर्मी र एपिएफ भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फाइनल यात्रा तय गरेका छन् ।

मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो ।  दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदील राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।

एपीएफ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहिबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ ।

बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । ७ प्रदेश सहित ३ विभागिय र १ एनआरएनको सहभागिता रहेको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP