माघ ५, २०८२ सोमबार | १३:२४:१९
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

रेखाको दोहोरो ह्याट्रिक, सेना र पुलिस सेमिफाइनलमा

पोखरा । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आइतबार आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११-० तथा पुलिसले 
लुम्बिनी प्रदेशलाई १०-० को नतिजामा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

समूह ‘ए’ बाट सतप्रतिसत नतिजाका साथ ६ अंक लिएर अन्तिम चारको यात्रा गर्ने क्रममा आइतबार स्याङजाको वालिङमा पुलिसका लागि रेखा पौडेल एक्लैले ६ गोल गरिन भने निर्मला बिकले दुई तथा दीपा न्यौपाने र अनुष्ठा शेर्पाले एक/एक गोल गरे ।

तेस्रो मिनेटमा गोल गर्दै खाता खोलेकी रेखाले नवौं मिनेटमा दोस्रो गोल गरिन । २२औं मिनेटमा ह्याट्रिक पूरा गरेकी उनले दोस्रो ह्याट्रिक भने अन्तिम २० मिनेटमा गरेकी थिइन ।

७१औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी उनले ८०औं मिनेटमा पाँचौं तथा इन्जुरी समयमा छैटौं गोल गरिन ।

यसैगरी निर्मलाले १८ र ३०औं मिनेटमा गोल गर्दा दीपाले पहिलो हाफको इन्जुरी समय तथा अनुष्ठाले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेकी थिइन ।  

आइतबारै सम्पन्न समूह ‘बी’को खेलमा आर्मीलाई जित दिलाउँनका लागि चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरे भने हिमा चौधरीले दुई तथा कुसुम खतिवडा र सपना लामाले एक/एक गोल गरे ।

अमिशाले चार गोल गर्दा चन्द्राले तीन गोल गरेकी थिइन । छैटौं मिनेटमा टोलीको खाता खोलेकी अमिशाले ४१औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेकी थिइन । ६४औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेकी अमिशाले इन्जुरी समयमा चौथो गोल गरिन ।

त्यस्तै चन्द्राले १२औं मिनेटमा पहिलो व्यक्तिगत गोल गरेकी थिइन । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गरेकी उनले समय सकिन १९ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरिन ।

हिमाले १९ र ४३औं मिनेटमा गोल गरिन भने कुसुमले ४८ तथा सपना लामाले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेकी थिइन ।  

प्रतियोगितामा सोमबार समूह ‘सी’ का दुई खेल हुनेछन् भने मंगलबार सेमिफाइनल हुनेछन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate