चैत्र ६, २०८२ शुक्रबार | ०६:३९:४६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

रेखाको दोहोरो ह्याट्रिक, सेना र पुलिस सेमिफाइनलमा

पोखरा । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आइतबार आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११-० तथा पुलिसले 
लुम्बिनी प्रदेशलाई १०-० को नतिजामा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

समूह ‘ए’ बाट सतप्रतिसत नतिजाका साथ ६ अंक लिएर अन्तिम चारको यात्रा गर्ने क्रममा आइतबार स्याङजाको वालिङमा पुलिसका लागि रेखा पौडेल एक्लैले ६ गोल गरिन भने निर्मला बिकले दुई तथा दीपा न्यौपाने र अनुष्ठा शेर्पाले एक/एक गोल गरे ।

तेस्रो मिनेटमा गोल गर्दै खाता खोलेकी रेखाले नवौं मिनेटमा दोस्रो गोल गरिन । २२औं मिनेटमा ह्याट्रिक पूरा गरेकी उनले दोस्रो ह्याट्रिक भने अन्तिम २० मिनेटमा गरेकी थिइन ।

७१औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी उनले ८०औं मिनेटमा पाँचौं तथा इन्जुरी समयमा छैटौं गोल गरिन ।

यसैगरी निर्मलाले १८ र ३०औं मिनेटमा गोल गर्दा दीपाले पहिलो हाफको इन्जुरी समय तथा अनुष्ठाले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेकी थिइन ।  

आइतबारै सम्पन्न समूह ‘बी’को खेलमा आर्मीलाई जित दिलाउँनका लागि चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरे भने हिमा चौधरीले दुई तथा कुसुम खतिवडा र सपना लामाले एक/एक गोल गरे ।

अमिशाले चार गोल गर्दा चन्द्राले तीन गोल गरेकी थिइन । छैटौं मिनेटमा टोलीको खाता खोलेकी अमिशाले ४१औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेकी थिइन । ६४औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेकी अमिशाले इन्जुरी समयमा चौथो गोल गरिन ।

त्यस्तै चन्द्राले १२औं मिनेटमा पहिलो व्यक्तिगत गोल गरेकी थिइन । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गरेकी उनले समय सकिन १९ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरिन ।

हिमाले १९ र ४३औं मिनेटमा गोल गरिन भने कुसुमले ४८ तथा सपना लामाले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेकी थिइन ।  

प्रतियोगितामा सोमबार समूह ‘सी’ का दुई खेल हुनेछन् भने मंगलबार सेमिफाइनल हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो