माघ १४, २०८२ बुधबार | १८:५२:००
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

क्रिकेटका पूर्व राष्ट्रिय कप्तान क्षेत्री र राखेपका बोर्ड सदस्य बिष्टले गरे सहारा एकेडेमी भ्रमण

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान लेखबहादुर (एलबी) क्षेत्रीले आइतबार पोखरा महानगरपालिकाको दोबिल्लास्थित सहारा क्लबको फुटबल एकेडेमी भ्रमण गरेका छन् ।

नवौं वृहत राष्ट्रिय खेलकुदका लागि पोखरा आइपुगेका राष्ट्रिय खेलुकद परिषद (राखेप)को बोर्ड सदस्यसमेत रहेका क्षेत्रीले लामो समयदेखि भ्रमण गर्न मन लागेको सहारा एकेडेमी पुग्दा निक्कै खुसी लागेको बताए ।

‘सहाराले देश विदेशमा सहयोग जुटाएर अनाथ, असहाय र आर्थिक रुपमा अति विपन्न वालवालिका छनोट गरि एकेडेमी चलाउने जुन काम गरेको छ, त्यो एकदमै प्रशंसनीय छ । भाग्यले सबैखाले अवसरबाट बञ्चित गरेका वालवालिकालाई फुटबलको माध्यमबाट देशका लागि योगदान गर्न सक्ने सशक्त नागरिक बनाउने उहाँहरुको अभियानलाई सरकार, राखेप र अखिल नेपाल फुटबल संघले दिल खोलेर सघाउनुपर्छ,’ क्षेत्रीले भने ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ सहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । उनीसँगै अजित भण्डारीलगायत दर्जनौं राष्ट्रिय स्तरका खेलाडीहरु सहारा एकेडेमीले उत्पादन गरिसकेको छ ।

क्षेत्रीसँगै सहारा एकेडेमी भ्रमणमा पुगेका राखेपका अर्का बोर्ड सदस्य एवं नवौं वृहत राष्ट्रिय खेलकुदको प्रचार प्रसार उपसमितिका संयोजक दीपेन्द्र बिष्टले सहाराको काम उदाहरणीय रहेको बताए ।

सहाराको एकेडेमी खेलकुदको माध्यमबाट गरिने समाजसेवाको सर्वोत्कृष्ट नमुना भएको बताउँदै सरकारी सहयोगका लागि युवा तथा खेलकुद मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।