चैत्र १३, २०८२ शुक्रबार | ०८:५२:२५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

क्रिकेटका पूर्व राष्ट्रिय कप्तान क्षेत्री र राखेपका बोर्ड सदस्य बिष्टले गरे सहारा एकेडेमी भ्रमण

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान लेखबहादुर (एलबी) क्षेत्रीले आइतबार पोखरा महानगरपालिकाको दोबिल्लास्थित सहारा क्लबको फुटबल एकेडेमी भ्रमण गरेका छन् ।

नवौं वृहत राष्ट्रिय खेलकुदका लागि पोखरा आइपुगेका राष्ट्रिय खेलुकद परिषद (राखेप)को बोर्ड सदस्यसमेत रहेका क्षेत्रीले लामो समयदेखि भ्रमण गर्न मन लागेको सहारा एकेडेमी पुग्दा निक्कै खुसी लागेको बताए ।

‘सहाराले देश विदेशमा सहयोग जुटाएर अनाथ, असहाय र आर्थिक रुपमा अति विपन्न वालवालिका छनोट गरि एकेडेमी चलाउने जुन काम गरेको छ, त्यो एकदमै प्रशंसनीय छ । भाग्यले सबैखाले अवसरबाट बञ्चित गरेका वालवालिकालाई फुटबलको माध्यमबाट देशका लागि योगदान गर्न सक्ने सशक्त नागरिक बनाउने उहाँहरुको अभियानलाई सरकार, राखेप र अखिल नेपाल फुटबल संघले दिल खोलेर सघाउनुपर्छ,’ क्षेत्रीले भने ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ सहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । उनीसँगै अजित भण्डारीलगायत दर्जनौं राष्ट्रिय स्तरका खेलाडीहरु सहारा एकेडेमीले उत्पादन गरिसकेको छ ।

क्षेत्रीसँगै सहारा एकेडेमी भ्रमणमा पुगेका राखेपका अर्का बोर्ड सदस्य एवं नवौं वृहत राष्ट्रिय खेलकुदको प्रचार प्रसार उपसमितिका संयोजक दीपेन्द्र बिष्टले सहाराको काम उदाहरणीय रहेको बताए ।

सहाराको एकेडेमी खेलकुदको माध्यमबाट गरिने समाजसेवाको सर्वोत्कृष्ट नमुना भएको बताउँदै सरकारी सहयोगका लागि युवा तथा खेलकुद मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो