जया गुरुङ

पुरुष फुटबलमा गण्डकी विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलतर्फ गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । स्थानीय टिमले पोखरा रंगशाला भएको खेलमा प्रदेश १ लाई २–० गोल अन्तरले हरायो ।

समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफमा गरेको थियो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे ।

सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको गण्डकीले तेस्रो मिनेटमै गोल गरेको थियो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा अग्रता दोब्बर बनेको थियो । अन्तिम समयमा प्रदेश १ ले खेलमा सुधारिएको प्रदर्शन गरे पनि फर्किन सकेन ।