चैत्र १६, २०८२ सोमबार | १६:११:५७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

रेफ्रीको निर्णयमा जाभी असन्तुष्ट

मिलान । बार्सिलोनाका प्रशिक्षक जाभीले रेफ्रीले अन्याय गरेका कारण इन्टर मिलानलाई नतिजा सुम्पिनु परेको प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत समूह सी मा बार्सिलोना इन्टरसँग १-० ले पराजित भएको हो । सो खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन भने इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई अस्विकृत गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुले गरेको गोलमा इन्टरले अग्रता लिएको थियो । ६६औं मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । तर भिएआरमा अंशु फातीको ह्यान्ड भएको भन्दै सो गोललाई मान्यता दिएन । 

इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । इन्टरका डेन्जल डम्फायर्सले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो । तर भिएआरले त्यसलाई अस्विकृत गरेको थियो । 

समूह ‘सी’ मा इन्टर ६ अंकसहित दोस्रो स्थानमा छ जुन शीर्ष स्थानको बायर्न म्यनिख भन्दा तीन अंक कम हो । बार्सिलोना भने तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । भिक्टोरिया प्लिजेनले भने अंक खाता खोल्न सकेको छैन । 

बार्यनले समूह सी मा अपराजित यात्रा कायम राख्ने क्रममा प्लिजेनमाथि ५-० को जित निकाल्यो ।

यता समूह ‘डी’ मा  मार्सेलीले स्पोर्टिङ लिस्बनलाई ४–१ ले हराउँदा फ्रयांकफर्ट र टोटनहमले गोलरहित बराबरी खेले ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो