वैशाख २६, २०८२ शुक्रबार | १७:१४:१०
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

पहिलो प्राथमिकता समूह विजेताः उर्जन श्रेष्ठ

काठमाडौं । नेपाली यु १७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरुको  पहिलो प्राथमिकता एएफसी यु १७ एसियन कप छनोट २०२३ को समूह विजेताको रुपमा एसिया कपको टिकट काट्ने रहेको बताएका छन् । 

समूह ‘एफ’ मा रहेको नेपाली टोलीले समूह चरणमा घरेलु टोली भियतनाम, थाइल्यान्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले बुधबार थाइल्यान्डविरुद्धको खेलसँगै प्रतियोगिताको आफ्नो यात्राको थालनी गर्नेछ ।

‘हाम्रो प्राथमिक लक्ष्य भनेको समूह विजेताको रुपमा एसिया कपमा  छनोट हुने नै हो’,श्रेष्ठले भने,  ‘समूह विजेता बन्न नसके पनि हामी उत्कृष्ट ६ समूह उपविजेता भित्र पर्ने लक्ष्यमा छौ ।समूहमा भएको सबै टोली बलियो छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ । ’

श्रेष्ठले समूहका अन्य तीन टोली नेपाली टोलीका लागि नयाँ रहेको बताए । साथै उनले अन्य टोलीका लागि पनि नेपाली टोली नौलो प्रतिद्धन्द्धी रहेको बताए ।

‘समूहका अरु तीन टिमको खेल हामीले देखेका छैनौँ । तर मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ,’उनले भने,' सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन् । मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाए अनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ । '

‘यो प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि हो’, श्रेष्ठले थपे, ‘यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ । सोमबार साँझ पहिला अभ्यास सेसन थियो ।  भियतनामी वातावरण, मैदानसँग घुलमिल हुने प्रयासमा छौ ।  जहाजमा लामो यात्रा गरेर आएका कारण खेलाडी केही थकित छन् । यसकारण रिकोभरीको आवश्यकता पनि थियो। अहिले भने सबै खेलाडी फिट छन् । त्यसैले प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छौ ।'

श्रेष्ठले श्रीलंकामा गत महिना सम्पन्न साफ यु १७ च्याम्पियनसिपमा अपनाएको ४–३–२–१ संरचनालाई नै निरन्तरता दिने बताए ।

‘हामी ४–३–२–१ संरचनामा खेल्नेछौँ। बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने,’उनले भने,  ‘दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौँ र हामी हतार गर्नेछैनौँ । हामीले सुरुवाती समयमा विपक्षीको खेल पनि बुझ्नु पर्छ । त्यसकारण हामी हतार नगरी खेल्ने योजनामा छौ ।थाइल्यान्ड वा अरु विपक्षी टिमले साफ च्याम्पियनसिपमा हाम्रो खेल हेरेका होलान् । यसकारण उनीहरुलाई हाम्रो खेल शैलीबारे केही जानकारी त अवश्य हुनुपर्छ । तर यसलाई म सकारात्मक पाटोबाट पनि हेर्छु, हामीले श्रीलंकामा राम्रो खलेका थियौँ, यसकारण यहाँ यी टिमले हामीलाई यहाँ कमजोर आँक्ने छैनन् ।’

श्रेष्ठले थाइल्यान्डविरुद्धको पहिलो खेलको प्रदर्शन र नतिजापछि मात्र भियतनाम र चाइनिज ताइपेइविरुद्ध कस्तो रणनितीमा मैदान उत्रने भन्ने निर्णय लिने बताए ।

नेपालले शुक्रबार दोस्रो खेलमा भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP