चैत्र १८, २०८२ बुधबार | १६:१०:३९
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

प्रशिक्षक बर्खास्त नगरे राष्ट्रिय टिमबाट नखेल्ने १५ स्पेनिस खेलाडीको चेतावनी

मड्रिड । स्पेनिस महिला फुटबल टिमका १५ खेलाडीले टोलीका मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरे राष्ट्रिय टिमबाट नखेल्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टिमका खेलाडीहरुले राष्ट्रिय टिमको व्यवस्थापनबाट विश्वास गुमाएको तथा पछिल्लो समय टिमको व्यवस्थापनबारे कुराहरु उठारहेको र प्रशिक्षकको बर्खास्तगी माग गरेको खुलाएका छन् । तर, स्पेनिस फुटबल संघले खेलाडीको भावनाबारे विचार गरिरहे पनि उनीहरको मागलाई पूरा गर्न प्रशिक्षक बर्खास्तको निर्णय नगर्ने जनाइएको छ ।

‘स्पेनिस फुटबल संघले आजसम्म राष्ट्रिय महिला टिमका १५ खेलाडीबाट १५ इमेल प्राप्त गरेको छ । संयोगवश उनीहरु सबैले हालको परिस्थितिले उनीहरुको भावनात्मक अवस्था र स्वास्थ्यलाई असर गरेको र यो अवस्थाको अन्त्य नभए उनीहरुले राजीनामा दिने उल्लेख छ,’ स्पेनिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘स्पेनिस फुटबल संघ खेलाडीहरुलाई राष्ट्रिय प्रशिक्षक र उनको कोचिङ स्टाफमाथि प्रश्न उठाउने अनुमति दिँदैन । किनभने खेलाडीको शक्ती प्रदर्शनले  यसबारेको निर्णय गरिदैन । खेलकुदमा निर्णय गर्दा संघ खेलाडीको दबाबलाई कहिल्यै स्वीकार गर्दैन् । यस प्रकारका कार्यहरु फुटबलको मुल्य मान्यताभन्दा बाहिरका हुन् र हानिकारक छन् ।’

संघले कुन कुन खेलाडीले इमेल पठाए भन्नेबारे भने केही खुलाएको छैन । स्पेनले अक्टोबरमा स्वीडेन र अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो