चैत्र ९, २०८२ सोमबार | १५:५१:५९
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

सम्झौता अनुसार नै ग्रिजम्यानलाई थोरै अवसर

मड्रिड । प्रशिक्षक डिएगो सिमोनका अनुसार, एट्लेटिको मड्रिडले एन्टोनी ग्रिजम्यान पहिलो रोजाईमा रहँदा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । तर गत साता मड्रिड डर्बीमा रियाल मड्रिडविरुद्धको खेलबाहेक यस सिजन एट्लेटिकोले खेलेका सबै खेलमा ग्रिजम्यानलाई वैकल्पिक खेलाडीको रुपमा अन्तिम ३० मिनेट मात्र किन प्रयोग गरियो भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो ।

थोरै समय खेल्ने अवसर पाए पनि उनले यस सिजन आफ्नो खातामा गोल सख्या तीन पु¥याइसकेका छन् । अल्भारो मोराटाको नाममा पनि समान तीन गोल नै छ ।

सन् २०१८ को रुस विश्वकप विजेता फ्रान्सका ग्रिजम्यान सन् २०१९ मा एट्लेटिकोबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । त्यसो त उनी बार्सिलोना जाने निर्णयबाट एट्लेटिको सन्तुष्ट थिएन ।  तर पनि उनले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका थिए ।

मेसीको बर्हिगमनपछि बार्सिलोनामा उनको स्थान ग्रिजम्यानले लिने अनुमान गरिएको थियो । तर उनले आफूलाई त्यस अनुरुप प्रमाणित भने गर्न सकेनन ।

बार्सिलोनाका तत्कालिन अध्यक्ष बार्टमेउ त्यती बेला सम्म नेइमारजस्ता स्टार खेलाडीलाई क्लबमा पुनः फिर्ता ल्याउन सकिन्छ भन्नेमा विश्वस्त थिए । तर कोभिड १९ महाहामरीपछि क्लबले पूराना खेलाडीलाई फर्काउने कुरा असम्भव भयो । क्लब यस्तो आर्थिक संकटबाट गुज्रियो की उनीहरु लियोनल मेसीको क्लबै बस्ने इच्छा विपरित आर्थिक कारण देखाउँदै उनलाई बिदाई गर्न बाध्य भए । 

बार्सिलोनामा रहँदा त्यहाँका खेलाडीहरुसँग ग्रिजम्यानको सम्बन्ध सुमधुर हुन सकेन । मेसीको बर्हिगमनपछि बार्सिलोनामा उनको स्थान ग्रिजम्यानले लिने अनुमान गरिएको थियो । तर उनले आफूलाई त्यस अनुरुप प्रमाणित भने गर्न सकेनन । 

आर्थिक संकटबाट उम्कनैका लागि बार्सिलोनाले गत सिजन केही खेलाडी बेच्ने योजना बनायो । ती खेलाडीको सुचीको अग्रस्थानमा ग्रिजम्यान थिए । 

गत सिजन मात्र उनी क्याम्प नोउबाट पूर्व क्लब एट्लेटिको फर्किएका थिए । उनी अहिले पनि विश्वको सर्वाधिक महंगो खेलाडीको सुचीको छैटौं स्थानमा पर्छन ।

च्याम्पियन्स लिगमा एफसी पोर्टोविरुद्धको खेलपछि सिमानले भनेका थिए, ‘उनले वैकल्पिक खेलाडीको रुपमा खेल्दा राम्रो खेलिरहेका छन् भने उनलाई पहिलो रोजाईमा राख्नुको के अर्थ ?’

उनी बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा एट्लेटिको फर्किएका थिए । ग्रिजम्यानको विषयमा यी दुई क्लबबीच भएको सम्झौतामा अचम्मको छ । जसका कारण पनि उनले एट्लेटिकोबाट कमै मात्र खेल्ने अवसर पाएका छन् भन्दा फरक पर्दैन ।

एट्लेटिकोले यस सिजन खेल्ने खेल संख्याको आधा खेलमा मात्र ग्रिजम्यानलाई ४५ मिनेट भन्दा बढी खेलाएमा एट्लेटिकोले बार्सिलोनालाई ४० मिलियन युरो दिदै उनीसँग स्थायी सम्झौता गर्नु पर्ने उल्लेख गरिएको छ ।

उनले गत सिजन एट्लेटिकोबाट ८० प्रतिशत भन्दा बढी समय खेले । त्यसैले ग्रिजम्यानसँग स्थायी सम्झौता गर्नु नपरोस भन्ने लक्ष्यसहित सिमोनको टोली उनलाई यस सिजन थोरै भन्दा थोरै समय मात्र खेलाउने योजनामा छ ।

उनी यस सिजन प्राय सबै खेलमा वैकल्पिक खेलाडीको रुपमा मात्र मैदान प्रवेश गरेका छन् रियालविरुद्धको खेलबाहेक । उनी पहिलो खेलमा ६२,दोस्रो खेलमा ६२, तेस्रो खेलमा ६४, चौथो खेलमा ६३, पाँचौमा ६१,छैटौं मा ६२ र सातौ खलमा ६२ औं मिनेटमा मैदान प्रवेश गरेका छन् ।

च्याम्पियन्स लिगमा एफसी पोर्टोविरुद्धको खेलपछि सिमानले भनेका थिए, ‘उनले वैकल्पिक खेलाडीको रुपमा खेल्दा राम्रो खेलिरहेका छन् भने उनलाई पहिलो रोजाईमा राख्नुको के अर्थ ?’

बार्सिलोनासँगको सम्झौता अनुसार एट्लेटिकोलाई ग्रिजम्यानलाई थोरेै भन्दा थोरै समय खेलाउने अधिकार छ तर उसले यो सम्झौता पालना गरिरहँदा तालिकामा आफू कुन स्थानमा छु र यसले टोलीले लिएको लक्ष्यमा पुगिन्छ की पुगिदैन भनेर सोच्न आवश्यक छ । एट्लेटिको शीर्ष स्थानको रियाल भन्दा आठ अंकले पछि परिसकेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो