चैत्र १२, २०८२ बिहीबार | १७:११:४४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

सनसहित प्रमुख खेलाडीलाई आराम दिने कोन्टेको संकेत

लन्डन । इङलिस प्रिमियर लिगको क्लब टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले स्वभाविक लय कायम रहोस् भनेर सन ह्युङ मिनलाई सबै खेल खेलाउन नसकिने बताएका छन् ।

सनले पछिल्लो साता सिजनमा टोटनहमबाट प्रत्येक सिजन सबै खाले प्रतियोगिता गरि ४० खेल खेलेका छन् । पहिलो सिजन भने उनले ३० खेल खेलेका थिए ।

यस सिजन उनले टोटनहमले प्रिमियर लिगको ६ र च्याम्पियन्स लिगको एक गरि कुल सात खेल खेलेका छन् । उनले यस सिजन गोल खाता खोल्न सकेका छैनन् । उनले अहिले सम्म एक गोलका लागि मात्र असिस्ट गरेका छन् ।

टोटनहमले यस सिजनका लागि रिचार्लीसन र डेजान कुलुस्भेस्कीलाई अनुबन्ध गरेको थियो । उनीहरुको उपस्थितीमा कोन्टे सनलाई अराम दिन चाहन्छन् । 
टोटनहमले च्याम्पियन्स लिगको दोस्रो खेलमा आज स्पोर्टिङ लिस्बनको सामना गर्दैछ । 

बेलायतकी महारानी एलिजाबेथ दृतियको निधनका कारण साविकको विजेता म्यानचेस्टर सिटीसँगको खेल स्थगित हुँदा टोटनहमले आरामका लागि केही समय पाएको थियो ।

‘लिगको खेल स्थगित भएपछि हामीले आरामका लागि केही दिन बढी पायौ’, कोन्टेले भने, ‘अब म टोलीको रणनिती समेत केही परिवर्तन गर्नेछु । सिटीविरुद्ध मैले एउटा सेट उतार्थे होला । अब भिन्न टोली मैदान उतार्छु । प्रमुख खेलाडीले समेत आराम पाए ।हामी उपाधि खडेरी तोड्ने लक्ष्यमा छौ । त्यसैले सन, ह्यारी केनजस्ता शीर्ष खेलाडीलाई प्रत्येक खेलमा खेलाउँदैनौ । हामी केही खेलपछि आराम दिन्छौ । सबै खेलाडीले सबै खेल खेल्ने भन्ने हुँदैन । कुनै खेलाडीले आराम पाउँदा कुनै खेलाडीले अवसर पाउँछ । त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्यो ।म यो टोलीबाट सन्तुष्ट छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो