चैत्र १७, २०८२ मंगलबार | ०३:३५:५१
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

फिफाको वेभसाइटमा अल्मुताइरी मुख्य प्रशिक्षक, उपाध्यक्षकै नाम छैन शुद्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा नेपाली मुलका अमेरिकी नागरिक प्रदीप हुँमागाईलाई नियुक्त गर्यो ।

यससँगै हुँमागाईले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाए । पहिलो चरणको छनोटसँगै हाल ३० खेलाडी प्रशिक्षणमा छन् । नेपालले ११ असोजमा बंगलादेशसँग दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

यता, तीन महिनामा बिदामा बसेका अल्मुताइरी कुवेतमै छन् । तर, एन्फाले भने उनीविरुद्ध भएको छानविन समितिको प्रतिवेदन कार्यान्वयनको बहानामा अल्मुताइरी विदामा रहेको भन्दै हुँमागाईलाई नियुक्ति दियो ।

तर, विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले भने नेपालको प्रशिक्षक अल्मुताइरीलाई नै मानेको छ । फिफाले आफ्नो वेभसाइटमा नेपालको प्रशिक्षकमा अल्मुताइरीको नाम राखेको छ । यता, महिला टोलीको प्रशिक्षकमा कुमार थापाको नाम अद्यावधिक गरिसकेको फिफाले पुरुष फुटबल टोलीको प्रशिक्षकमा एन्फाले नियुक्ति दिएका हुँमागाईको उल्लेख गरेको छैन । थापाको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा आयोजना भइरहेको साफ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धा गरिरहेको छ ।

आफूसँग असन्तुष्ट रहेका राष्ट्रिय टोलीका १० खेलाडीलाई बाहिर राख्दै अल्मुताइरी गत असारमा टिम लिएर कुवेत पुगेका थिए । एएफसी एसियन कप छनोटमा नेपालले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्दा ती १० खेलाडी टिम बाहिर थिए । तर, प्रतियोगिता सुरु हुनु अघि नै अल्मुताइरीले एन्फासँग तीन महिनाको विदा लिएका थिए ।

अल्मुताइरी कुवेतमै रहँदा एन्फामा निर्वाचन भयो । अल्मुताइरीको राम्रो सम्बन्ध रहेका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पराजित भए । शेर्पालाई पराजित गर्दै अल्मुताइरीका कटु आलोचक पंकजविक्रम नेम्वाङले एन्फाको मुल नेतृत्व हत्याए । अल्मुताइरीले गत वर्ष वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग अनाहकमा निहुँ खोज्दै सामाजिक सञ्जालमा पटकपटक राजीनामाको धम्की दिएका थिए । समर्थकमाझ निक्कै लोकप्रिय अल्मुताइरीको आरोपका कारण नेम्वाङले केही समयसम्म फेसबुक निस्कृय पार्नुपरेको थियो ।

नेम्वाङले एन्फाको नेतृत्व लिने वित्तिकै नेपाली फुटबलको सर्वोच्च निकायले प्रशिक्षकको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै अल्मुताइरीले निकालेका विमल घर्तीमगर, सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, दिनेश राजवंशी, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, सुमन लामा र अन्जन बिष्ट सहित तत्कालिन कप्तान किरणकुमार लिम्बूलाई स–सम्मान फर्काउने निर्णय ग¥यो । हाल भने एन्फा अल्मुताइरीलाई बर्खास्त गर्न चाहन्छ ।

आफ्नो वेभसाइटमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जानकारी अद्यावधिक गरिनसकेको फिफाले एन्फाको नयाँ कार्यसमितिको विवरण भने हालिसकेको छ । तर, फिफाको वेभसाइटमा दुई महिनाअघि निर्वाचित पदाधिकारीको नाममा भने थुप्रै गल्ती छन् ।

अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङलाई पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालाई विर खड्का राखेको फिफाले उपाध्यक्ष विराटजंग शाहीलाई विराट शाही तथा दीर्घबहादुर केसीको नाम दीर्घ केसीमात्र उल्लेख गरेको छ । अर्का उपाध्यक्ष दीपक खतिवडालाई भने फिफाको वेभसाइटमा भेटन सकिन्न । फिफाको वेभसाइटमा उपाध्यक्षमा अर्को नाम दीपक खातीको छ । खाती अघिल्लो कार्यकालमा एन्फाको अडिट एन्ट कम्प्लान्स कमिटीका संयोजक हुन् । असारमा भएको निर्वाचनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । एन्फाले पनि उनलाई अहिलेसम्म कुनै पदमा नियुक्त गरेको सार्वजनिक गरेको छैन ।

त्यस्तै एन्फाको मिडिया म्यानेजरमा आयुष खड्काकै उपस्थिती यथावत छ । तथापि फिफाको वेभसाइटले उनको नाम आजुष उल्लेख गरेको छ । खड्काले दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा मिडिया म्यानेजरको काम थालेको वर्ष दिन नाँघिसकेको छ ।

यसैगरी फुटसल संयोजकमा जावा लामाको नाम छ । जवकि, एन्फकोे निर्वाचित कार्यसमितीले फुटसल कमिटी नै गठन गरेको छैन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो