न्युयोर्क । मेजर लिग सकरको क्लब एलए ग्यालेक्सीले बार्सिलोनका रिक्यु पोइचलाई साँढे तीन वर्षका लागि अनुबन्ध गरेको छ ।
उनी सन् २०१३ मा यु १६ को बार्सिलोना ‘बी’ बाट सिनियर टिममा आएका थिए । उनले बार्सिलोनाको सिनियर टिमबाट खेलेको ५७ खेलमा दुई गोल गरेका छन् ।
‘एलए ग्यालेक्सीमा रिक्युलाई अनुबन्ध गर्न पाउँदा खुशी छौ,’ ग्यालेक्सीका मुख्य प्रशिक्षक ग्रेज भेन्नीले भने, ‘रिक्यु आफ्नो उमेरका प्राविधिक रुपमा अब्बल खेलाडी हुन् । उनी हाम्रो टिमका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।'
ग्यालेक्सीका प्राविधिक निर्देशक जोभान किरोभ्स्कीले भने, ‘रिक्यु फरक शैलीका क्षमतावान् खेलाडी हुन् । जसले उपस्थितीले टोलीमा फरक ल्याउँछ ।’
बार्सिलोनामा तीन वर्ष बिताएका रिक्युले स्पेनिस ला लिगा र सन् २०२१ मा कोपा डेल रेको उपाधि जितेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
