चैत्र १४, २०८२ शनिबार | ०१:२९:३०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बंगलादेश र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरण अन्तर्गत मंगलबार जारी नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा दुवै तर्फबाट गोलका लागि पर्याप्त अवसर सिर्जन गरे पनि सफल हुन सकेनन् ।

नेपालका लागि पाँचौं मिनेटमा आशिष राईले १८ यार्ड बक्स अगाडिबाट गरेको सशक्त प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

त्यसको दुई मिनेट नबित्दै पुनः आशिषले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर कर्नरमा परिणत भएको थियो ।

नेपाली डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै १४औं मिनेटमा बंगलादेशका रफिकउल इस्लामले १८ यार्ड बक्सको लाइनबाट गरेको प्रहारमा नेपाली गोलकिपर इश्वर गुरुङ बाधक बनेका थिए ।

नेपाली कप्तान आयुष घलानले १६औं मिनेटमा  ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारमा बंगलादेशका गोलकिपर मोहम्मद आशिफले बचाएका थिए ।

बंगलादेशी खेलाडी शाहिदुल इस्लामले ३२औं मिनेटमा कप्तान आयुषमाथि फाउल गरेपछि नेपालले करिब २५ यार्डबाट फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमार्फत दिपेश गुरुङले गरेको सशक्त प्रहारमा बंगलादेशी गोलकिपर बाधक बनेका थिए ।

आइतबार राति भएको भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा आज मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।

भारतविरुद्ध ८–० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो