माघ १७, २०८२ शनिबार | १९:४१:२०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

बंगलादेश र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरण अन्तर्गत मंगलबार जारी नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा दुवै तर्फबाट गोलका लागि पर्याप्त अवसर सिर्जन गरे पनि सफल हुन सकेनन् ।

नेपालका लागि पाँचौं मिनेटमा आशिष राईले १८ यार्ड बक्स अगाडिबाट गरेको सशक्त प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

त्यसको दुई मिनेट नबित्दै पुनः आशिषले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर कर्नरमा परिणत भएको थियो ।

नेपाली डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै १४औं मिनेटमा बंगलादेशका रफिकउल इस्लामले १८ यार्ड बक्सको लाइनबाट गरेको प्रहारमा नेपाली गोलकिपर इश्वर गुरुङ बाधक बनेका थिए ।

नेपाली कप्तान आयुष घलानले १६औं मिनेटमा  ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारमा बंगलादेशका गोलकिपर मोहम्मद आशिफले बचाएका थिए ।

बंगलादेशी खेलाडी शाहिदुल इस्लामले ३२औं मिनेटमा कप्तान आयुषमाथि फाउल गरेपछि नेपालले करिब २५ यार्डबाट फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमार्फत दिपेश गुरुङले गरेको सशक्त प्रहारमा बंगलादेशी गोलकिपर बाधक बनेका थिए ।

आइतबार राति भएको भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा आज मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।

भारतविरुद्ध ८–० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।