चैत्र १४, २०८२ शनिबार | १३:१९:२७
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

जिदानले पिएसजी वा फ्रान्सको राष्ट्रिय टिम सम्हाल्ने सम्भावना कायमै

पेरिस । जिनेदिन जिदानले भविष्यबारे बढ्दो अनुमानकाबीच पेरिस सेन्ट जर्मन (पिएसजी) वा फ्रान्स राष्ट्रिय टिमको मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हाल्न सक्ने सम्भावनालाई कायम राखेका छन् ।

स्पेनिस क्लब रियाल मड्रिडको प्रशिक्षण छाडेयता, स्वतन्त्र रहेका जिदान पछिल्लो समय पिएसजीसँग जोडिएको खबरले निकै चर्चा पाएको छ । यस्तै, जिदानले हालका मुख्य प्रशिक्षक डिडियर डेसाम्पको स्थानमा फ्रान्सको राष्ट्रिय टिम सम्हाल्ने खबर पनि सार्वजनिक भएको छ ।

यद्यपि, पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोको बहिर्गमनबारे अझै टुङ्गो लागेको छैन । तर, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने पोचेटिनोको स्थानका लागि जिदान र नाइसका प्रशिक्षक क्रिस्टिोफे गाल्टियर पिएसजीसँग जोडिएको जनाएका छन् ।

जिदानले स्पेनिस क्लब रियाल मड्रिडलाई दुई पटक ला लिगा र तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाएपछि सन् २०२१ मा मड्रिडको प्रशिक्षण छोडेका थिए । खेलाडी जिवनसँगै प्रशिक्षणमा पनि आफूलाई प्रमाणित गरिसकेका जिदान पछिल्लो समय शीर्ष युरोपियन क्लबको नजरमा परेका छन् ।

‘कुनै पनि कुरालाई नाई कहिल्यै भन्दिन । विशेष गरी एक प्रशिक्षकको रुपमा, तर अहिले आएका यी प्रश्नहरु विवादस्पद र अप्रासंगिक छन् । जब म एक खेलाडी थिए, मसँग जुनसुकै क्लब छनोट गर्ने विकल्प थियो,’ जिदानले भने ।

 ‘तर, एक प्रशिक्षकको रुपमा मसँग ५० क्लब छैनन्, जहाँ म जान सकुँ । यसमा दुई वा तीन मात्र सम्भावित विकल्प छ । पक्कै पनि म फ्रेन्च टिमको प्रशिक्षण सम्हाल्न चाहन्छु । तर, यो मेरो हातमा छैन । यद्यपि, म फ्रेन्च टिमको सर्कलभित्र आउन चाहन्छु । यदी यस्तो भयो भने, यो मेरो अहिलेसम्मकै सबैभन्दा सुन्दर क्षण बन्नेछ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो