माघ १८, २०८२ आइतबार | ०१:५८:२१
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

जिदानले पिएसजी वा फ्रान्सको राष्ट्रिय टिम सम्हाल्ने सम्भावना कायमै

पेरिस । जिनेदिन जिदानले भविष्यबारे बढ्दो अनुमानकाबीच पेरिस सेन्ट जर्मन (पिएसजी) वा फ्रान्स राष्ट्रिय टिमको मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हाल्न सक्ने सम्भावनालाई कायम राखेका छन् ।

स्पेनिस क्लब रियाल मड्रिडको प्रशिक्षण छाडेयता, स्वतन्त्र रहेका जिदान पछिल्लो समय पिएसजीसँग जोडिएको खबरले निकै चर्चा पाएको छ । यस्तै, जिदानले हालका मुख्य प्रशिक्षक डिडियर डेसाम्पको स्थानमा फ्रान्सको राष्ट्रिय टिम सम्हाल्ने खबर पनि सार्वजनिक भएको छ ।

यद्यपि, पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोको बहिर्गमनबारे अझै टुङ्गो लागेको छैन । तर, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने पोचेटिनोको स्थानका लागि जिदान र नाइसका प्रशिक्षक क्रिस्टिोफे गाल्टियर पिएसजीसँग जोडिएको जनाएका छन् ।

जिदानले स्पेनिस क्लब रियाल मड्रिडलाई दुई पटक ला लिगा र तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाएपछि सन् २०२१ मा मड्रिडको प्रशिक्षण छोडेका थिए । खेलाडी जिवनसँगै प्रशिक्षणमा पनि आफूलाई प्रमाणित गरिसकेका जिदान पछिल्लो समय शीर्ष युरोपियन क्लबको नजरमा परेका छन् ।

‘कुनै पनि कुरालाई नाई कहिल्यै भन्दिन । विशेष गरी एक प्रशिक्षकको रुपमा, तर अहिले आएका यी प्रश्नहरु विवादस्पद र अप्रासंगिक छन् । जब म एक खेलाडी थिए, मसँग जुनसुकै क्लब छनोट गर्ने विकल्प थियो,’ जिदानले भने ।

 ‘तर, एक प्रशिक्षकको रुपमा मसँग ५० क्लब छैनन्, जहाँ म जान सकुँ । यसमा दुई वा तीन मात्र सम्भावित विकल्प छ । पक्कै पनि म फ्रेन्च टिमको प्रशिक्षण सम्हाल्न चाहन्छु । तर, यो मेरो हातमा छैन । यद्यपि, म फ्रेन्च टिमको सर्कलभित्र आउन चाहन्छु । यदी यस्तो भयो भने, यो मेरो अहिलेसम्मकै सबैभन्दा सुन्दर क्षण बन्नेछ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।