चैत्र ५, २०८२ बिहीबार | २०:३०:५०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

शेर्पाका स्वकीय सचिवको राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकीय सचिव अनन्तप्रसाद घिमिरेले राजीनामा दिएका छन् ।

शेर्पा अध्यक्ष पदमा विजयी भएदेखि घिमिरे उनको स्वकीय सचिवको रुपमा कार्यरत थिए ।

बुधबार नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै घिमिरेले राजीनामा बुझाएका हुन् ।

असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए ।

यसअघि मंगलबार पूर्व अध्यक्ष शेर्पाले अध्यक्षमा निर्वाचन भएयता प्रयोग गर्दै आएको गाडी एन्फालाई फिर्ता गरेका थिए ।

सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

यस्तै, सदस्यहरुमा रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढ थापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए ।

बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनस् निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो । जसअनुसार दुई सदस्यको चयनका लागि आज नयाँ कार्यसमितिको विशेष साधारण सभा बस्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH