चैत्र १३, २०८२ शुक्रबार | २१:०६:१२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

प्रशिक्षकका लागि जिदानसँग वार्ता नगरेको पिएसजी अध्यक्ष खेलाइफीको खुलासा

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का अध्यक्ष नासेर अल–खेलाइफीले क्लबले जिनेदिन जिदानलाई प्रशिक्षकको लागि कहिल्यै प्रस्ताव नगरेको खुलाएका छन् ।

यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पछिल्लो सिजन स्पेनिस क्लब रियाल मड्रिडको जिम्मेवारी छोडेका जिदानले पिएसजीको प्रशिक्षण सम्हाल्ने बलियो दाबी सार्वजनिक गरेका थिए ।

विगत केही सिजनयता च्याम्पियन्स लिगलाई प्रमुख लक्ष्य बनाए पनि पिएसजीले त्यसलाई पूर्णता दिन सकेको छैन । यस सिजन पनि प्रि–क्वार्टरफाइनलमा रियाल मड्रिडसँग ३–२ को अप्रत्यासित हार बेहोरेपछि पिएसजीको सपना तुहिएको थियो । पहिलो लेगमा १–० को अग्रता बनाएको पिएसजीले मड्रिडविरुद्ध दोस्रो लेगमा पनि सुरुआती अग्रता लिएको थियो । तर, करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजी ३–२ ले पराजित भएको थियो ।

त्यसयता, पिएसजीले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेर जिदानलाई प्रशिक्षण सुम्पिने चर्को चर्चा चलेको थियो । तर, अध्यक्ष खिलाइफीले भने उक्त अफवाहलाई खारेज गरे ।

‘म जिदानलाई मन पराउँछु । उनी निकै राम्रो खेलाडी हुन् । र, असाधारण प्रशिक्षक पनि । जसले तीन च्याम्पियन्स लिगको उपाधि जितेका छन्,’ अध्यक्ष खिलाइफीले भने, ‘तर, म सबैमाझ एक कुरा खुलाउन चाहन्छु । हामीले उनीसँग कुनै पनि प्रकारको कुराकानी गरेका छैनौं । उनलाई प्रशिक्षकमा नियुक्त गर्न धेरै क्लबहरु र राष्ट्रिय टिम पनि प्रयासरत छन् । तर, हामीले अहिलेसम्म जिदानसँग यसबारे केही कुरा गरेका छैनौं ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो