चैत्र ११, २०८२ बुधबार | १९:५१:४१
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाली फुटबललाई शोक, दुर्घटनामा परेको जहाज उडाउने पाइलट संकटाका फुटबल खेलाडी थिए

तस्विर सौजन्य: विजय लामा/फेसबुक

काठमाडौं । पोखराबाट जोमसोमतर्फ लागेको तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा आइतबार २२ जनाले ज्यान गुमाए ।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा तीन सदस्यीय चालक दल पनि थियो । चालक दलको नेतृत्व गरिरहेका प्रशिक्षक पाइलट प्रभाकर घिमिरेको पनि दुर्घटनामा ज्यान गयो । दुर्घटनाबाट २२ जनाको ज्यान गएकोमा अहिले पूरा देश शोक मनाइरहेको छ ।

काठमाडौंको टेबहालमा जन्मिएका हाल भैसेपाटी निवासी घिमिरेको निधनमा पनि उड्ड्यन क्षेत्र र उनका आफन्तजनसँगै नेपाली खेलकुद जगत पनि शोकाकुल भएको छ । फुटबलका पूर्व खेलाडी घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘उहाँ एकदमै राम्रो खेलाडी र समाजसेवी भावनाको मानिस हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली फुटबल जगत स्तब्ध भएको छ ।’

घिमिरे जन्मेहुर्केको भित्री काठमाडौंको टोल टेबहाल त झनै शोकाकुल छ । घिमिरेले २०३० को दशकभरी र ०४० को दशकको पूर्वाद्धमा पनि संकटा क्लबबाट शीर्ष स्तरको फुटबल खेलेका थिए ।

‘उहाँ एकदमै राम्रो खेलाडी हुनुहुन्थ्यो । मिड्फिल्डमा खेल्नुहुन्थ्यो । उहाँहरु खेलेको हेरेरै हामी हुर्केको हो, हामीलाई खेल्न प्रेरित गर्नेमध्ये उहाँ पनि एक हो,’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर भक्कानिए, ‘उहाँ टोलमा पनि एकदमै हसिलो, मिजासिलो र भलादमी मानिसका रुपमा गनिनुहुन्थ्यो । हिजो विमान हराएको खवर आएदेखि नै पूरा टेबहाल शोकमा डुबेको छ । समूह समूह बनेर मानिसहरु हिजोदेखि नै संकटा मन्दिरमा प्रार्थनामा बसेका थियौं । तर....।’

तुलाधरका अनुसार त्यो बेलाको भाषाअनुसार लेफ्ट आउट (वायाँ विंग्स)बाट खेल्ने घिमिरेको फुटवर्क निक्कै राम्रो थियो । संकटा क्लबबाट लिग तथा त्रिभुवन च्यालेन्ज शिल्ड जितेका थिए । संकटाले २०३७, २०४० र २०४२ सालमा लिग जित्दा तथा यसैबीचमा त्रिभुवन च्यालेन्ज शिल्ड जित्दाको टोलीमा घिमिरे सदस्य भएको तुलाधरले जानकारी गराए ।

घिमिरेसँगै संकटाबाट झण्डै तीन वर्ष खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि उनको निधनमा शोक प्रकट गरेका छन् ।

‘प्रभाकर हामीभन्दा अली जुनियर खेलाडी हो । संकटाबाट हामीले सँगै दुई÷तीन वर्ष सँगै खेल्यौं । हामीसँगै खेल्दा उमेर सानै भएकाले उसको उचाई अली कम थियो, तर एकदमै मेहनती र क्षमतावान खेलाडी थियो,’ थापाले स्मरण गरे, ‘उसको सबभन्दा महत्वपूर्ण कुरा जुन म अहिलेसम्म पनि सम्झन्छु, उ एकदमै हसमुख र मिलनसार मानिस थियो । सबैसँग मिल्न सक्ने एकदमै असल मानिस थियो । बीचबीचमा एकदुई पटक भेट भएको थियो । भगवानले राम्रो मानिसलाई चाँडै लाने रहेछन् । प्रभाकरको आत्माले शान्ति पाओस ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो