माघ १५, २०८२ बिहीबार | २१:१६:४५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

नेपाली फुटबललाई शोक, दुर्घटनामा परेको जहाज उडाउने पाइलट संकटाका फुटबल खेलाडी थिए

तस्विर सौजन्य: विजय लामा/फेसबुक

काठमाडौं । पोखराबाट जोमसोमतर्फ लागेको तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा आइतबार २२ जनाले ज्यान गुमाए ।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा तीन सदस्यीय चालक दल पनि थियो । चालक दलको नेतृत्व गरिरहेका प्रशिक्षक पाइलट प्रभाकर घिमिरेको पनि दुर्घटनामा ज्यान गयो । दुर्घटनाबाट २२ जनाको ज्यान गएकोमा अहिले पूरा देश शोक मनाइरहेको छ ।

काठमाडौंको टेबहालमा जन्मिएका हाल भैसेपाटी निवासी घिमिरेको निधनमा पनि उड्ड्यन क्षेत्र र उनका आफन्तजनसँगै नेपाली खेलकुद जगत पनि शोकाकुल भएको छ । फुटबलका पूर्व खेलाडी घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘उहाँ एकदमै राम्रो खेलाडी र समाजसेवी भावनाको मानिस हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली फुटबल जगत स्तब्ध भएको छ ।’

घिमिरे जन्मेहुर्केको भित्री काठमाडौंको टोल टेबहाल त झनै शोकाकुल छ । घिमिरेले २०३० को दशकभरी र ०४० को दशकको पूर्वाद्धमा पनि संकटा क्लबबाट शीर्ष स्तरको फुटबल खेलेका थिए ।

‘उहाँ एकदमै राम्रो खेलाडी हुनुहुन्थ्यो । मिड्फिल्डमा खेल्नुहुन्थ्यो । उहाँहरु खेलेको हेरेरै हामी हुर्केको हो, हामीलाई खेल्न प्रेरित गर्नेमध्ये उहाँ पनि एक हो,’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर भक्कानिए, ‘उहाँ टोलमा पनि एकदमै हसिलो, मिजासिलो र भलादमी मानिसका रुपमा गनिनुहुन्थ्यो । हिजो विमान हराएको खवर आएदेखि नै पूरा टेबहाल शोकमा डुबेको छ । समूह समूह बनेर मानिसहरु हिजोदेखि नै संकटा मन्दिरमा प्रार्थनामा बसेका थियौं । तर....।’

तुलाधरका अनुसार त्यो बेलाको भाषाअनुसार लेफ्ट आउट (वायाँ विंग्स)बाट खेल्ने घिमिरेको फुटवर्क निक्कै राम्रो थियो । संकटा क्लबबाट लिग तथा त्रिभुवन च्यालेन्ज शिल्ड जितेका थिए । संकटाले २०३७, २०४० र २०४२ सालमा लिग जित्दा तथा यसैबीचमा त्रिभुवन च्यालेन्ज शिल्ड जित्दाको टोलीमा घिमिरे सदस्य भएको तुलाधरले जानकारी गराए ।

घिमिरेसँगै संकटाबाट झण्डै तीन वर्ष खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि उनको निधनमा शोक प्रकट गरेका छन् ।

‘प्रभाकर हामीभन्दा अली जुनियर खेलाडी हो । संकटाबाट हामीले सँगै दुई÷तीन वर्ष सँगै खेल्यौं । हामीसँगै खेल्दा उमेर सानै भएकाले उसको उचाई अली कम थियो, तर एकदमै मेहनती र क्षमतावान खेलाडी थियो,’ थापाले स्मरण गरे, ‘उसको सबभन्दा महत्वपूर्ण कुरा जुन म अहिलेसम्म पनि सम्झन्छु, उ एकदमै हसमुख र मिलनसार मानिस थियो । सबैसँग मिल्न सक्ने एकदमै असल मानिस थियो । बीचबीचमा एकदुई पटक भेट भएको थियो । भगवानले राम्रो मानिसलाई चाँडै लाने रहेछन् । प्रभाकरको आत्माले शान्ति पाओस ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।