चैत्र १६, २०८२ सोमबार | ०९:५४:१९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

एभर्टन रेलिगेशनबाट जोगियो

लन्डन । क्रिस्टल प्यालेसमाथि ३-२ को पुनरागमन जित निकाल्दै एभर्टनले इङलिस प्रिमियर लिगको रेलिगेशनको संकट टारेको छ ।

एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्डले प्यालेसमाथिको जित आफ्नो फुटबल जीवनकै सबै भन्दा यादगार क्षण रहेको बताए । 

पहिलो हाफमा २-० ले पछि परेको एभर्टनले दोस्रो हाफमा तीन गोल फर्काउँदै प्रिमियर लिगको हैसियत जोगाएको थियो ।

२१औं मिनेटमा जेन फिलिपे माटेटाले गरेको गोलमा प्यालेसले अग्रता लिएको थियो । ३६औं मिनेटमा जोर्डन एयुले प्यालेसको अग्रता दोब्बर पारेका थिए । 

५४औं मिनेटमा माइकल कियनले एभर्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए । ७५औं रिचार्लिसनको गोलमा एभर्टन खेलमा फर्किएको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा डोमिनिक कल्भर्ट लेविनले बललाई जाली चुमाउँदै एभर्टनको संकट टारेका थिए ।

३७ खेलबाट ३९ अंक जोडेको एभर्टन १६औं स्थानमा छ ।  जुन १७औं र १८औं स्थानको बनर्ली तथा लिड्स युनाइटेडको भन्दा चार अंक बढी हो ।

बिहीबार सम्पन्न अर्को खेलमा चेल्सी र लेस्टर सिटीले १-१ को बराबरी खेले । 

चेल्सी ३७ खेलमा ७९ अंकसहित तेस्रो स्थानमा छ भने लेस्टर समान खेलमा ४९ अंकका साथ नवौं स्थानमा छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो