माघ १८, २०८२ आइतबार | १३:३४:२०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खेलाडी पलायनः थप दुई खेलाडी अस्ट्रेलिया पुगे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका दुई नियमित खेलाडी अष्ट्रेलिया पुगेका छन् । माल्दिभ्समा सम्पन्न्न साफ च्याम्पियसिपमा इतिहास रच्दै पहिलो पटक फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन् । दुवै खेलाडी अष्ट्रेलियाको मेलवर्नमा हुने फुटबल प्रतियोगिता खेल्न गुपचुप त्यसतर्फ लागेका हुन् । त्यसतर्फ प्रस्थान गर्दा उनिहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै आधिकारिक जानकारी नगराए पनि जानु अघि प्रक्रिया पुर्याउन सहयोग भने मागेका थिए ।

‘दुई खेलाडी अष्ट्रेलिया पुुगेको सम्बन्धमा हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलाडीसँग भने ।

यता, खेलाडीद्वयले अष्ट्रेलियाको स्थानीय लिग खेल्न पुगेको बताए पनि निज निकट रहेको स्रोतले भने नफर्किने गरी अष्ट्रेलिया पुगेको जानकारी दिएका छन् ।

‘सुरुमा खेल्न गएको भनेको मात्रै हो । तर उनिहरु फकर्ने अवस्थामा छैनन्,’ दुई खेलाडी निकट स्रोतले बताए ।

यसअघि समेत राष्ट्रिय टोलीका एलन न्यौपाने र हेमन गुरुङ शीर्ष डिभिजन लिग चल्दा अष्ट्रेलियामा प्रतियोगिता खेल्न पुगेका थिए । एलन च्यालसमा आवद्ध थिए भने हेमन मछिन्द्र फुटबल क्लबसँग जोडिएका थिए । तर, दुवै खेलाडी नेपाल हालसम्म फर्किएका छैनन् ।

स्रोतका अनुसार दुवै खेलाडी नेपालमा भविष्य नदेखेको र निरन्तर प्रतियोगिता नहुँदा अष्ट्रेलिया पुगेका हुन् ।

‘निरन्तर प्रतियोगिता छैन । कहिले के विवाद केहिले के, त्यसबाट खेलाडी हैरान छन् । जाँदा पनि निकै भावुक थिए,’ स्रोत भन्छ ।

स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा आशिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । आशिष सशस्त्र प्रहरी बल एपिएफको जागिरे समेत हुन् । उनि एपिएफ फुटबल क्लबबाट व्यवसायीक फुटबल खेल्छन् । यता, २६ वर्षीय सुमनले भने श्रीलंकाविरुद्ध सन् २०१६ मा डेब्यु गरेका हुन् । त्यसयता उनी निरन्तर टिममा छन् । एन्फा एकेडेमीका उत्पादन सुमनले माल्दिभ्समा भएको साफ अन्तर्गत श्रीलंकाविरुद्ध ३–२ को जितमा एक गोल गरेका थिए ।

‘ए’ डिभिजन लिग २०७८ पछि सुमनले नेपाल पुलिसको जागिरबाट राजीनामा दिँदै क्लब छाडेका हुन् । अघिल्लो हप्ता मात्रै न्युरोड टिम एनआरटीबाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति अष्ट्रेलिया पुगेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।