चैत्र ११, २०८२ बुधबार | २२:१९:५५
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

खेलाडी पलायनः थप दुई खेलाडी अस्ट्रेलिया पुगे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका दुई नियमित खेलाडी अष्ट्रेलिया पुगेका छन् । माल्दिभ्समा सम्पन्न्न साफ च्याम्पियसिपमा इतिहास रच्दै पहिलो पटक फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन् । दुवै खेलाडी अष्ट्रेलियाको मेलवर्नमा हुने फुटबल प्रतियोगिता खेल्न गुपचुप त्यसतर्फ लागेका हुन् । त्यसतर्फ प्रस्थान गर्दा उनिहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै आधिकारिक जानकारी नगराए पनि जानु अघि प्रक्रिया पुर्याउन सहयोग भने मागेका थिए ।

‘दुई खेलाडी अष्ट्रेलिया पुुगेको सम्बन्धमा हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलाडीसँग भने ।

यता, खेलाडीद्वयले अष्ट्रेलियाको स्थानीय लिग खेल्न पुगेको बताए पनि निज निकट रहेको स्रोतले भने नफर्किने गरी अष्ट्रेलिया पुगेको जानकारी दिएका छन् ।

‘सुरुमा खेल्न गएको भनेको मात्रै हो । तर उनिहरु फकर्ने अवस्थामा छैनन्,’ दुई खेलाडी निकट स्रोतले बताए ।

यसअघि समेत राष्ट्रिय टोलीका एलन न्यौपाने र हेमन गुरुङ शीर्ष डिभिजन लिग चल्दा अष्ट्रेलियामा प्रतियोगिता खेल्न पुगेका थिए । एलन च्यालसमा आवद्ध थिए भने हेमन मछिन्द्र फुटबल क्लबसँग जोडिएका थिए । तर, दुवै खेलाडी नेपाल हालसम्म फर्किएका छैनन् ।

स्रोतका अनुसार दुवै खेलाडी नेपालमा भविष्य नदेखेको र निरन्तर प्रतियोगिता नहुँदा अष्ट्रेलिया पुगेका हुन् ।

‘निरन्तर प्रतियोगिता छैन । कहिले के विवाद केहिले के, त्यसबाट खेलाडी हैरान छन् । जाँदा पनि निकै भावुक थिए,’ स्रोत भन्छ ।

स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा आशिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । आशिष सशस्त्र प्रहरी बल एपिएफको जागिरे समेत हुन् । उनि एपिएफ फुटबल क्लबबाट व्यवसायीक फुटबल खेल्छन् । यता, २६ वर्षीय सुमनले भने श्रीलंकाविरुद्ध सन् २०१६ मा डेब्यु गरेका हुन् । त्यसयता उनी निरन्तर टिममा छन् । एन्फा एकेडेमीका उत्पादन सुमनले माल्दिभ्समा भएको साफ अन्तर्गत श्रीलंकाविरुद्ध ३–२ को जितमा एक गोल गरेका थिए ।

‘ए’ डिभिजन लिग २०७८ पछि सुमनले नेपाल पुलिसको जागिरबाट राजीनामा दिँदै क्लब छाडेका हुन् । अघिल्लो हप्ता मात्रै न्युरोड टिम एनआरटीबाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति अष्ट्रेलिया पुगेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो