बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेको तलव तिर्न नसक्ने बताएका छन् ।
स्पेनको अर्को क्लब रियाल मड्रिड भित्रिने चर्चामा रहेका एमबाप्पेले तलवमात्र ५० मिलियन युरो चाहेको र बार्सिलोनाले उक्त रकम तिर्न नसक्ने लार्पोटाले बताएका हुन् ।
एमबाप्पे र पिएसजीबीचको सम्झौता अर्को महिना सकिँदै छ । यसैकारण केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले एमबाप्पे र रियाल मड्रिडबीच सम्झौताको लागि व्यक्तिगत स्तरमा सहमति भइसकेको जनाएका छन् ।
‘एमबाप्पे ४०–५० मिलियन युरो तलव चाहन्छन् । उनी कुल ५० मिलियन युरो तलव चाहन्छन्,’ लार्पोटाले भने, ‘अहिलेको अवस्थामा एमबाप्पे एक उत्कृष्ट खेलाडी भए पनि उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । यसलाई ध्यानमा राख्न आवश्यक छ ।’
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
