बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेको तलव तिर्न नसक्ने बताएका छन् ।
स्पेनको अर्को क्लब रियाल मड्रिड भित्रिने चर्चामा रहेका एमबाप्पेले तलवमात्र ५० मिलियन युरो चाहेको र बार्सिलोनाले उक्त रकम तिर्न नसक्ने लार्पोटाले बताएका हुन् ।
एमबाप्पे र पिएसजीबीचको सम्झौता अर्को महिना सकिँदै छ । यसैकारण केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले एमबाप्पे र रियाल मड्रिडबीच सम्झौताको लागि व्यक्तिगत स्तरमा सहमति भइसकेको जनाएका छन् ।
‘एमबाप्पे ४०–५० मिलियन युरो तलव चाहन्छन् । उनी कुल ५० मिलियन युरो तलव चाहन्छन्,’ लार्पोटाले भने, ‘अहिलेको अवस्थामा एमबाप्पे एक उत्कृष्ट खेलाडी भए पनि उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । यसलाई ध्यानमा राख्न आवश्यक छ ।’
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
