चैत्र १०, २०८२ मंगलबार | १४:०५:५७
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

आठ स्थानीय तहमा आठ रंगशाला निर्माण गछौंः अध्यक्ष शाही

नेपालगन्ज । जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको आठ स्थानीय तहमा फुटबल रंगशाला निर्माण गर्ने बताएका छन् । शनिबार बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष शाहीले फुटबलको विकासका लागि अबको चारवर्ष भौतिक पुर्वाधार निर्माणमा जोड दिने बताए । 

'बाँकेको आठ स्थानीयमा तहमा स्तरीय रंगशाला निर्माण गर्ने योजना छ,' उनले भने, 'केहि स्थानीय तहमा रंगशाला छन । भएका स्थानमा त्यसलाई सुधार गर्दै थप व्यवस्थित गर्ने र नभएका पालिकामा फुटबल रंगशाला निर्माण गर्ने हाम्रो योजना छ ।’

फुटबलको विकासका लागि अबको चार वर्षमा अन्य थुप्रै महत्वपूर्ण काम गर्ने योजना बनाएको अध्यक्ष शाहीले बताए । गत वैशाख तीन गते सम्पन्न बाँके जिल्ला फुटबल संघको साधारण सभा तथा निर्वाचनबाट भोजराज तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए । 

शनिबार निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरे लगायतले  बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

नवनिर्वाचित अध्यक्ष शाहीले बाँकेको फुटबल विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताए । पछिल्लो समय विषम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै शाहीले अबको नयाँ टिमले त्यसलाई पूर्ति गर्ने बताए । 

‘म धेरै खुसी छु । हाम्रो टिममा धेरै युवाहरु नेतृत्वमा आउनु भएको छ । सिनियरहरुको पनि उपस्थिती छ । अब बाँके फुटबलको भविष्य यो टिमको हातमा छ । मैले तेस्रो पटक अध्यक्षको जिम्मेवारी लिए,' उनले भने, 'अब म अभिभावक भएर काम गर्न चाहन्छु । नयाँ पुस्तालाई आफनो क्षमता देखाएर काम गर्ने यो उत्कृष्ट अवसर हो । अब विगतको जस्तो फुटबलमा हुँदैन । हामी सबै मिलेर फुटबलको विकास गर्ने हो । एकवद्ध भएर फुटबलको नयाँ योजना बनाएर अगाडी बढ्ने प्रतिबद्धता गर्दछौं ।’

कार्यक्रममा खेलपत्रकार जयनारायण शाहले अहिलेको निर्वाचित कार्यसमितिमाथि फुटबललाई योजनावद्ध रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको बताए । 

‘विगतमा के कति उपलब्धी भए । त्यसको समिक्षा होला तर अबको नयाँ टिमलाई जसरी पनि फुटबललाई चलायन बनाउनु पर्नेछ । फुटबल विकासका योजना सफल बनाउनु पर्नेछ । त्यसमा कुनै बहाना र छुट पाउने छैन अहिलेको टिमले । म राम्रो नतिजा र सफल कार्यकालको शुभकामना दिन चाहन्छु,’ शाहले भने ।

फुटबलको विकासका लागि पत्रकार र फुटबलकर्मी सधै एकै ठाउँमा भएर काम गर्ने गरेको पत्रकार गैरेले बताए । 

‘फुटबलको विकासमा भोजराजसहितको टिमको धेरै ठुलो योगदान छ । लगानी छ । बाँकेको फुटबलले सहि नेतृत्व पाएको छ । अब यसले सबैलाई एकतावद्ध गराउँदैं फुटबल विकासमा जोडनु पर्छ,’ गैरेले भने ।

अधिवक्ता भट्टराईले फुटबलले समाजलाई एकताको सुत्रमा बाध्ने काम गरेको भन्दै सानै उमेरदेखी बालबालिकालाई फुटबल खेल्नमा प्रेरित गर्नुपर्ने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो