माघ १५, २०८२ बिहीबार | १८:१४:१६
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

झापा गोल्डकपः आर्मी चौथो पटक च्याम्पियन

  • बुद्ध भुषण योञ्जन

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लगातार चौथौं पटक झापा गोल्डकपको उपाधि जितेको छ । आर्मीले लगातार तेस्रो पटक गोल्डकपको उपाधि रक्षा गरेको हो ।

झापाको बिर्तामोडमा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीको उपाधि रक्षा गरेको हो । खेलमा लगभग १० हजार दर्शकको उपस्थिती थियो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकीले १८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए ।

त्यसको २४औं मिनेटमा विमल घर्ती मगरले झापाको लागि एक गोल फर्काए । खेलमा नियन्त्रण राखे पनि घरेलु टाेलीले आर्मीको डिफेन्स लाइन तोड्न सकेन । आर्मीको तुलनामा झापाले लगातार आक्रामण गरेको थियो ।

फाइनल खेलअघि आयोजकले घरेलु टोलीका खेलाडी विशाल राई (ए) लाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो । अवार्डसँगै उनले एक थान यामाहा मोटरसाइकल पाएका थिए ।

खेलाडीको रुपमा यो विशालको अन्तिम खेल थियो । उनलाई आयोजकका अध्यक्षक विनोद बस्नेतले कोर्ट लगाइदिँदै सम्मान गरेका थिए ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । जितसँगै आर्मीले १२ लाख ५५ हजार र उपविजेता  झापा  ११ ले ६ लाख पाँच हजार रुपैंया प्राप्त गरेकाे छ।

प्रतियोगितामा पाँच गोल गरेका घरेलु टाेलीका स्ट्राइकर विमल उच्च गोलकर्ता बने । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत विधातर्फका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले २१ हजार रुपैंया प्राप्त गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।