चैत्र ९, २०८२ सोमबार | १३:१५:४१
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

झापा गोल्डकपः आर्मी चौथो पटक च्याम्पियन

  • बुद्ध भुषण योञ्जन

काठमाडौं । त्रिभुवन आर्मी क्लबले लगातार चौथौं पटक झापा गोल्डकपको उपाधि जितेको छ । आर्मीले लगातार तेस्रो पटक गोल्डकपको उपाधि रक्षा गरेको हो ।

झापाको बिर्तामोडमा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीको उपाधि रक्षा गरेको हो । खेलमा लगभग १० हजार दर्शकको उपस्थिती थियो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकीले १८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए ।

त्यसको २४औं मिनेटमा विमल घर्ती मगरले झापाको लागि एक गोल फर्काए । खेलमा नियन्त्रण राखे पनि घरेलु टाेलीले आर्मीको डिफेन्स लाइन तोड्न सकेन । आर्मीको तुलनामा झापाले लगातार आक्रामण गरेको थियो ।

फाइनल खेलअघि आयोजकले घरेलु टोलीका खेलाडी विशाल राई (ए) लाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो । अवार्डसँगै उनले एक थान यामाहा मोटरसाइकल पाएका थिए ।

खेलाडीको रुपमा यो विशालको अन्तिम खेल थियो । उनलाई आयोजकका अध्यक्षक विनोद बस्नेतले कोर्ट लगाइदिँदै सम्मान गरेका थिए ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । जितसँगै आर्मीले १२ लाख ५५ हजार र उपविजेता  झापा  ११ ले ६ लाख पाँच हजार रुपैंया प्राप्त गरेकाे छ।

प्रतियोगितामा पाँच गोल गरेका घरेलु टाेलीका स्ट्राइकर विमल उच्च गोलकर्ता बने । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत विधातर्फका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले २१ हजार रुपैंया प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो