वैशाख २६, २०८२ शुक्रबार | १७:१४:१०
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

योजनाअनुसार उपाधि रक्षा गर्न सफल भयौंः प्रशिक्षक प्रवेश

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै लगातार दोस्रो पटक लिग च्याम्पियन बने पछि मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले योजनाअनुरुप उपाधि रक्षा गर्न सफल भएको बताए ।

‘११ खेलमा च्याम्पियन बन्ने योजनाअनुसार सफल भयौं । सबैलाई धन्यवाद । सातदोबाटो अन्डरडग्स टोली हो, यसअघि बलिया टोलीलाई हराएको थियो,’ प्रवेशले भने, ‘आज हाम्रो गोल नखाने तयारी थियो । र, ९० मिनेटमा जसरी पनि एक गोल गछौं भन्ने विश्वास थियो । मछिन्द्र गत सिजनभन्दा अहिले बलियो भएको छ, फरवार्डहरू पनि धेरै छन् । गत सिजन सीमित खेलाडी थिए ।'

उनले मछिन्द्र एएफसी कपको समूह चरणमा प्रवेश गर्ने विश्वास आफू र खेलाडीहरु रहेको समेत बताए ।

‘एएफसी कपमा समूह चरणसम्म पुग्छौं भन्ने खेलाडीहरुमा र मलाई पनि विश्वास छ । टोलीमा केही परिवर्तन हुन्छ । खेलाडीले मैदानमा खेल्ने हो, खेलाडीले खेलेनन् भने कोच केही पनि होइन, लगातार च्याम्पिनय कोच बनाइदिएकोमा धन्यवाद।’

यस्तै, जितपछि कप्तान सुजल श्रेष्ठले मछिन्द्रमा जस्तो एकता कतै महसुस नगरेको बताए ।

‘खुशी छौं, खेल जित्दा खुशी, लिग जित्दा झनै खुशी । हामी सबै खेलाडी एकजुट भएका छौं, त्यो हाम्रो स्प्रिन्ट हो । अहिलेसम्म खेलेको टोलीमा यस्तो एकता महसुस गरेको थिइँन । उपाधि यात्रा, पहिलो खेल एनआरटीसँग संघर्षपूर्ण जित निकाल्यौं । आर्मीसँग बराबरी भयो हामी दोस्रो वा तेस्रो स्थानमा थियौं,’ उनले भने, ‘तर, मनाङविरुद्धको खेलपछि सिनारियो नै परिवर्तन भयो, एएफसी कपमा पनि छनोट भयौं । मसँगै विशाल राई र विशाल श्रेष्ठ लगातार चौथो पटक च्याम्पियन बनेका छन्।  एकजुट भएर खेल्नु महत्त्वपूर्ण कुरा हो ।’

मनिषबारे कुरा गर्दै प्रशिक्षक प्रवेशले उनलाई छिटोभन्दा छिटो मैदानमा देख्न चाहेको बताए ।

‘च्यासल विरुद्धको खेलमा जुन दुर्घटना भयो । त्यसपछि छिटोभन्दा छिटो मैदानमा देख्न पाइयोस्, मनोबल बढोस् भनेर हामीले गोल सेलिब्रेसन गरेका थियौं,’ उनले भने ।

यस्तै, कप्तान सुजलले टोलीमा मनिषका लागि भए पनि खेल जित्नपर्छ भन्ने भावना भएको र जित उसैप्रती समर्पित रहेको बताए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP