माघ १७, २०८२ शनिबार | १६:१६:०१
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

फुटबल विकासका लागि एन्फा र साउदी अरेबियाबीच दुई वर्षे सहमती

काठमाडौं । साउदी अरेबिया फुटबल संघ (साफ) ले नेपालको फुटबल विकासमा सहयोग गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र साफबीच फुटबल विकासको लागि दुई वर्षे सम्झौता भएको हो ।

दुई वर्षे समझदारी पत्रमा आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अल्मिसेहलले साउदी अरेबियामा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार दुवै देशले फुटबलको आयोजना वा निम्तो दिनेछन् । दुवै टोलीले यु १७, २० र २३ जस्ता उमेरसमूहका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछन् ।

एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्रीको स्तर वृद्धि, रेफ्री शिक्षा, भिडियो असिस्टेन्ट रेफ्री (भार) को सिप र नियुक्तसम्बन्धी आदानप्रदान कार्यक्रमहरु पनि सञ्चालन गर्नेछन् ।

युवा फुटबलको विकासका लागि विशेषज्ञहरुबाट कार्यक्रम, बैठक र सेमिनारहरु पनि सञ्चालन गरिने समझदारी पत्रमा उल्लेख छ ।

हाल साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङले यसअघि शनिबार एसियन फुटबल संघ (एएफसी) का महासचिव डेटो विन्जर जन र उपमहासचिव वहिद कर्डानीलाई भेट गरेका थिए । उक्त भेटपछि एएफसीले एन्फालाई दिँदै आएको प्राविधिक सहयोगलाई निरन्तरता दिने सहमती भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।