चैत्र ११, २०८२ बुधबार | ०६:४५:४४
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

फुटबल विकासका लागि एन्फा र साउदी अरेबियाबीच दुई वर्षे सहमती

काठमाडौं । साउदी अरेबिया फुटबल संघ (साफ) ले नेपालको फुटबल विकासमा सहयोग गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र साफबीच फुटबल विकासको लागि दुई वर्षे सम्झौता भएको हो ।

दुई वर्षे समझदारी पत्रमा आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अल्मिसेहलले साउदी अरेबियामा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार दुवै देशले फुटबलको आयोजना वा निम्तो दिनेछन् । दुवै टोलीले यु १७, २० र २३ जस्ता उमेरसमूहका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछन् ।

एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्रीको स्तर वृद्धि, रेफ्री शिक्षा, भिडियो असिस्टेन्ट रेफ्री (भार) को सिप र नियुक्तसम्बन्धी आदानप्रदान कार्यक्रमहरु पनि सञ्चालन गर्नेछन् ।

युवा फुटबलको विकासका लागि विशेषज्ञहरुबाट कार्यक्रम, बैठक र सेमिनारहरु पनि सञ्चालन गरिने समझदारी पत्रमा उल्लेख छ ।

हाल साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङले यसअघि शनिबार एसियन फुटबल संघ (एएफसी) का महासचिव डेटो विन्जर जन र उपमहासचिव वहिद कर्डानीलाई भेट गरेका थिए । उक्त भेटपछि एएफसीले एन्फालाई दिँदै आएको प्राविधिक सहयोगलाई निरन्तरता दिने सहमती भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो