चैत्र ७, २०८२ शनिबार | २२:४७:१०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फालाई एएफसीको प्राविधिक सहयोग निरन्तर हुने

काठमाडौ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिँदै आशएको प्राविधिक सहयोग फन्डलाई निरन्तरता दिने भएको छ ।

एन्फाले अब एएफसीको विशेष सहयोगका रुपमा उक्त फन्ड प्राप्त गर्ने शएन्फाले जनाएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शनिबार साउदी अरेबियामा एएफसशिका महासचिव दात्तो विन्डर जोन र सह महासचिव भाहिद कार्डानीलाई गरेको अनुरोधका आधारमा फन्ड निरन्तर हुने भएको बताइएको छ ।

शनिबारको छलफमा एएफसीका महासचिव र सहमहासचिव नेपालले प्राविधिक क्षेत्रमा गरेको कामबाट प्रभावित भएको आफुले पाएको एन्फा अध्यक्ष शेर्पाले बताए । नेपालको कामबाट प्रभावात भएरै प्राविधिक सहयोगले निरन्तरता पाएको उनको भनाइ थियो । एएफसीको उक्त सहयोगबाट एन्फाले आफू अन्तर्गतका सबै जिल्ला प्रशिक्षक, प्रदेश प्रशिक्षक, केन्द्रका प्रशिक्षक तथा सबै विभागका प्रमूखहरुलाई तलब खुवाउने जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले गत नोभेम्बरमा बहराइनमा भएको भेटमा एएफसी अध्यक्ष सल्मान बिन इब्राहिम अल खलिफालाई प्राविधिक सहयोग फन्डको निरन्तरताका लागि अनुरोध गरेका थिए ।

‘हामी एएफसीको २०१८-२२को चार वर्षे साइकलमा थियौं । तर एएफसीले प्रशिक्षकहरुलाई सहयोग गर्ने यो कार्यक्रम नै बन्द गर्यो । त्यसपछि हामी अत्यन्तै तनावमा थियौं,’ हाल साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष शेर्पाले खेलाडीसँग भने, ‘त्यसै कारण मैले नोभेम्बरमा विशेष समय लिएर एएफसी अध्यक्षसँग भेटेर अनुरोध गरेको थिएँ । उहाँ सकारात्मक हुनुहुन्थ्यो । आज महासचिव र सह महासचिवसँगको भेटपछि फन्ड निरन्तर हुने निर्णय भयो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो