मिलान । अतिरिक्त समयमा दुई गोल गर्दै एसी मिलान बिहीबार जिनोवालाई ३-१ ले पराजित गर्दै कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
१७औं मिनेटमा लियो ओस्टिगार्डले गरेको गोलमा जिनोवाले अग्रता लिएको थियो । ७४औं मिनेटमा ओलिभर जिरौउडले गोल गर्दै मिलानलाई खेलमा फर्काएका थिए । निर्धारित समय १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
एक सय दुई मिनेटमा राफेल लियोले गरेको गोलमा मिलानले अग्रता लियो । त्यसको १० मिनेटपछि सेल्समेकरले मिलानका लागि तेस्रो गोल गरे ।
सन् १९९१-९२ को सिजनमा कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको जिनोवा त्यसपछि भने अन्तिम १६ भन्दा अघि बढ्न सकेको छैन ।
मिलान भने कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो लगातार १३औं पटक हो । मिलानले इटालियन सिरी ‘ए’ मा सोमबार सान सिरोमा स्पेजियालाई आतिथ्य गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
