चैत्र ७, २०८२ शनिबार | ०८:३३:५६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

‘ए’ डिभिजन लिग: ‘ओपन प्ले’मा सर्वाधिक गोल गर्ने टोली एपिएफ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरण सकिँदा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब ‘ओपन प्ले’ मा सर्वाधिक गोल गर्ने टोली बनेको छ । लिगको आधाभन्दा धेरै सिजन गुज्रिसक्दा रेलिगेसन जोन नजिक रहेको एपिएफले आश्चर्यजनक रूपमा ओपन प्लेमा ९ गोल ठोकिसकेको छ ।

ओपन प्लेमा गरेका ९ मध्ये एपिएफले ‘पोजिसनल प्ले’ मा चार र ‘काउन्टर अट्याक’ बाट पाँच गोल गरेको छ ।

यस्तै हिमालनय शेर्पा ‘ओपन प्ले’ मा दोस्रो सर्वाधिक गोल गर्ने टोली बनेको छ । तालिकाको छैटौं स्थानमा रहेको शेर्पाले ‘ओपन प्ले’ मा सात गोल गरेको छ ।

यो सूचीको तेस्रो, चौथो र पाँचौं स्थानमा समान सात गोल गरेका मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) छन् ।

छैटौं स्थानको संकटाले ६ गोल गर्दा सातौं स्थानको सातदोबाटो, आठौं स्थानको थ्री स्टार र नवौ स्थानको मछिन्द्रको समान ५ गोल छ । त्यसपछि १०औं स्थानमा बिग्रेड ब्वाइज (४), ११औं स्थानमा जावलाखेल (४), १२औं स्थानमा फ्रेन्ड्स (३), १३औं स्थानमा च्यासल (२) र १४औं स्थानमा नेपाल पुलिस क्लब छन् ।

‘ओपन प्ले’ बाट धेरै गोल खाने टोली

आठौं चरण सकिँदासम्म च्यासल युथ क्लब ‘ओपन प्ले’ बाट सर्वाधिक गोल खाने टिम बनेको छ । रेलिगेसनबाट बच्न संघर्षरत च्यासलले ‘ओपन प्ले’ बाट १० गोल खाएको छ ।

यस सूचीको दोस्रो स्थानमा रहेको फ्रेन्डस् क्बलले नौ गोल खाएको छ । फ्रेन्ड्स तालिकाको पुछारमा छ । त्यस्तै नौ गोल नै बेहोरेको एपिएफ तेस्रो, समान सात गोल खाएका हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्रमसः चौथो र पाँचौं स्थानमा छन् ।

सूचीको छैटौंमा सातदोबाटो (६), सातौंमा एनआरटी (६), आठौंमा पुलिस (५), नवौंमा संकटा (५), १०औं मा जावलाखेल (४), औं मा थ्रीस्टार (३) १२औं मा आर्मी (२) र १३औं स्थानमा मनाङ (१) छन् ।

लिग लिडर मछिन्द्र फुटबल क्लबले भने हालसम्म ‘ओपन प्ले’ मा गोल खाएको छैन ।

‘सेट पिस’ मा सर्वाधिक गोल गर्ने पाँच टोली

तालिकाको दोस्रो स्थानमा रहेको मनाङ आठौं चरणको समाप्तिसम्म ‘सेट पिस’ मा सर्वाधिक गोल गर्ने टोली बनेको छ । मनाङले ‘सेट पिस’ मा आठ गोल गरेको छ ।

यस सूचीको दोस्रो स्थानमा रहेको मछिन्द्रले पाँच गोल गरेको छ । त्यस्तै तेस्रोमा संकटा (४), चौथोमा थ्री स्टार (३) र पाँचौं पुलिस (३) रहेका छन् ।

‘सेट पिस’ मा धेरै गोल खाने पाँच टोली

च्यासल युथ ‘सेट पिस’ मा पनि सर्वाधिक गोल खाने टोली च्यासल नै हो । लिगमा खराब लयबाट गुज्रिरहेको च्यासलले सेट पिसमा मात्रै पाँच गोल खाएको छ । यस सूचीको दोस्रो स्थानमा चार गोल खाएको बिग्रेड ब्वाइज छ । त्यस्तै, तेस्रो स्थानमा एपिएफ (४), चौथो स्थानमा फ्रेन्ड्स (३) र पाँचौ स्थानमा हिमालयन शेर्पा (३) छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो