चैत्र १३, २०८२ शुक्रबार | १८:५७:१२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

रुघाखोकीका कारण जावलाखेलका १४ खेलाडी मात्रै ट्रेनिङमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको जावलाखेल युथ क्लबका खेलाडीमा रुघाखोकी फैलिएको छ । आफ्नो टोलीका आधाभन्दा धेरै खेलाडी रुघाखोकीले ग्रस्त भएपछि बिहीबार बिहानको ट्रेनिङ सेसनमा दुई गोलकिपरसहित १४ खेलाडी मात्रै उपस्थित भएको मुख्य प्रशिक्षक किशोर केसीले बताए ।

लिगको नवौं चरणका खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘हाम्रा आधाभन्दा धेरै खेलाडीको रुघाखोकीले ग्रस्त छन्, जसको कारण आज बिहान दुई गोलकिपरसहित १४ खेलाडीले मात्रै ट्रेनिङ गरेका छन् ।’

यद्यपि, खेलाडीहरूको अवस्थामा क्रमिक सुधार भइरहेकाले खेल हुने दिनसम्म सबै खेलाडी ठीक हुनेमा आफू आशावादी रहेको प्रशिक्षक केसीले बताए । जावलाखेलले नवौं चरणमा सोमबार न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

आठौं चरण सकिँदा २ जित, चार हार र दुई बराबरीको नतिजा निकालेको जावलाखेल ८ अंकसहित नवौं स्थानमा छ ।

ए डिभिजन लिगकै अर्को क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । बिहीबार नै भएको पत्रकार सम्मलेनमा च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई संक्रमण देखिएको सहायक प्रशिक्षक आशिक थापा मगरले बताएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो