माघ १८, २०८२ आइतबार | १३:४७:१९
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

रुघाखोकीका कारण जावलाखेलका १४ खेलाडी मात्रै ट्रेनिङमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको जावलाखेल युथ क्लबका खेलाडीमा रुघाखोकी फैलिएको छ । आफ्नो टोलीका आधाभन्दा धेरै खेलाडी रुघाखोकीले ग्रस्त भएपछि बिहीबार बिहानको ट्रेनिङ सेसनमा दुई गोलकिपरसहित १४ खेलाडी मात्रै उपस्थित भएको मुख्य प्रशिक्षक किशोर केसीले बताए ।

लिगको नवौं चरणका खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘हाम्रा आधाभन्दा धेरै खेलाडीको रुघाखोकीले ग्रस्त छन्, जसको कारण आज बिहान दुई गोलकिपरसहित १४ खेलाडीले मात्रै ट्रेनिङ गरेका छन् ।’

यद्यपि, खेलाडीहरूको अवस्थामा क्रमिक सुधार भइरहेकाले खेल हुने दिनसम्म सबै खेलाडी ठीक हुनेमा आफू आशावादी रहेको प्रशिक्षक केसीले बताए । जावलाखेलले नवौं चरणमा सोमबार न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

आठौं चरण सकिँदा २ जित, चार हार र दुई बराबरीको नतिजा निकालेको जावलाखेल ८ अंकसहित नवौं स्थानमा छ ।

ए डिभिजन लिगकै अर्को क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । बिहीबार नै भएको पत्रकार सम्मलेनमा च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई संक्रमण देखिएको सहायक प्रशिक्षक आशिक थापा मगरले बताएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।