माघ १८, २०८२ आइतबार | ११:५६:०५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

आहारारा गोल्डकपः सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजक सहारा क्लब पोखरालाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।

पोखरामा बिहीबार आयोजित एक समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरे ।

सहारा युकले विगत ६ वर्षदेखि प्रतियोगिताको विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडी, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर, र प्रत्येक म्याचको ‘म्यान अफ दि म्याच’ लाई नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, प्रतियोगिता संयोजक केशवराज बराल, सहारा युकेका सल्लाहकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, क्लब सदस्यहरु लगायतको उपस्थिति थियो ।

पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ ।

कोभिड महामारीको कठिन परिस्थितिबीच पनि आयोजक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्ने अन्तिम तयारीमा पुगेको छ । प्रतियोगितामा तीन विभागीय नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मीसँगै साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, हिमालय शेर्पा, थ्रिस्टार, आयोजक सहारा क्लब पोखरा र अमेरिकाको बिवाईएससी, मिनेसोटाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । बचत रकम पोखराको दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका बालकहरुको निम्ति खर्च गरिने जनाइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।