याउन्डे । इब्राहिमा कोनेको निर्णायक गोलप्रेरित मालीले अफ्रिका कप नेसन्सको समूह ‘एफ’अन्तर्गत बुधबार राति भएको खेलमा ट्युनिसियामाथि ०-१ गोलको जित निकालेको छ । क्यामरुनको लिम्बे रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
यद्यपि, ४८औं मिनेटमा पाएको पेनाल्टीमार्फत कोनले गरेको एक मात्र गोल मालीलाई प्रतियोगितामा विजयी सुरुआत गराउन पर्याप्त बन्यो । खेल अवधिभर ट्युनिसियामाथि हाबी बनेको माली ८७औं मिनेटमा एल बिलाल टुरेले रातो कार्डको सामना गरेसँगै १० जनामा सीमित भएको थियो ।
जितसँगै माली समूह ‘एफ’को दोस्रो स्थानमा छ । पराजित ट्युनिसिया पुछारमा रहँदा गाम्बिया शीर्ष र माउरिटियाना तेस्रो स्थानमा छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
