माघ ९, २०८२ शुक्रबार | २३:४४:५६
लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित

लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार

काठमाडौं । इन्जुरी समयमा सम्हालिन नसक्दा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा दोस्रो हार बेहोरेको छ ।

शुक्रबार दिनको अन्तिम खेलमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा लालिगुँरास एसोसिएसन क्लबले पुलिसलाई १-० ले हरायो । लालिगुँरासलाई जित दिलाउन फेरि एकपटक आशिष गुरुङको रवाफ आवश्यक रह्यो । थप गरिएको इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा आशिषले गोलकिपर शत्रुधन चौधरीलाई ‘बिट’ गरे ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जीवन गुरुङले आफ्नो नाममा ‘असिस्ट’ लेखाए । उनको लोफ्टेड पासलाई आशिषले सदुपयोग गरे । दुई विपक्षी रक्षकको बीचबाट बल लगे । अनि लेफ्ट फुटबाट बललाई पहिलो बारको जाली चुमाए ।

अघिल्लो खेलमा लालिगुराँसले नव जनजागृति क्लबमाथि ४-१ को सानदार जित हासिल गरेको थियो । त्यस खेलमा आशिषले दुई गोल गरेका थिए । जितसँगै लालिगुँरास अंकतालिकाको शीर्ष स्थानमा उक्लियो । नव जनजागृतिअघि लालिगुँरासले जावलाखेल युवा क्लबलाई १-० ले हराएको थियो ।

पुलिस १३औं स्थानमा छ । पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग पनि पुलिसले १-० को साँघुरो हार बेहोरेको थियो । दोस्रो खेलमा पुलिसले चित्लाङ एफसीसँग १–१ को बराबरी खेल्यो ।

लिगमा शनिबार दुई खेल हुनेछन् । दिउँसो २ बजे हुने पहिलो खेलमा मछिन्द्र एफसीले प्लानिङको सामना गर्नेछ । साँझ ६ः३० बजे चित्लाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate