फाल्गुन १, २०८२ शुक्रबार | १०:१४:३७
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो

काठमाडौं । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय खेलमा इङ्ल्यान्डलाई १९ रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा दुनिथ वेलालगेले उत्कृष्ट प्रदर्शन गरेपछि तीन खेलको शृंखलामा घरेलु टोली १–० ले अघि रहेको हो ।

अब, दोस्रो खेल शनिबार हुनेछ । तेस्रो खेल भने जनवरी २७ मा हुनेछ । यसअघि दुई टोलीबीच ट्वान्टी २० शृंखला हुनेछ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा इङ्ल्यान्ड ४९.२ ओभरमा अल आउट हुँदा मात्र दुई सय ५२ रन बनाउन सक्यो ।

इङ्ल्यान्डको लागि बेन डक्केटले सर्वाधिक ६२ तथा जोय रुटले ६१ रन बनाएका थिए । जेमी ओभरटनले ३४ रनको योगदान गरेका हुन् । रुट र डक्केटबीच दोस्रो विकेटको लागि एक सय १७ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको लागि प्रमोद मादुशानले सर्वाधिक ३ तथा डुनिथ र जेफ्री भान्डर्सनले समान दुई विकेट लिएका थिए ।

यसअघि श्रीलंकाको लागि विकेटकिपर कुशल मेन्डिसले अविजित ९३ रन बनाए । उनले ११७ बलमा ११ चौका हिर्काए । जेनिथले लियानागेले ४६ रनको योगदान गरेका हुन् । दुई खेलाडीबीच पाँचौं विकेटको लागि ८८ रनको साझेदारी भएको थियो । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026