फाल्गुन २७, २०८२ बुधबार | ०५:३२:४८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक

काठमाडौं । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार आफ्नो चौथो खेलमा माल्दिभ्ससँग २-१ को हार बेहोरेसँगै शीर्ष स्थानमा रहेर च्याम्पियन बन्ने नेपालको गणितीय सम्भावना सक्किएको हो ।

बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा माल्दिभ्सलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा एक खेलअगावै नेपाल उपाधि होडबाट बाहिरिएको हो । यसअघि नेपालले एकमा जित र दुईमा बराबरी नतिजा आत्मसात गरेको थियो ।

माल्दिभ्सको यो लगातार चौथो जित हो । च्याम्पियन बन्न माल्दिभ्सलाई अब मात्र एक अंकको आवश्यकता छ । बिहीबार दिनको दोस्रो खेलमा पाकिस्तान र बंगलादेशले बराबरी खेले माल्दिभ्स दुई खेलअगावै च्याम्पियन बन्नेछ ।

पहिलो हाफमा नेपाल माल्दिभ्सलाई गोलरहित बराबरीमा रोक्न सफल रह्यो । दोस्रो हाफको तेस्रो मिनेटमा माल्दिभ्सले अन्ततः अग्रता लियो ।

नेपालका ‘आला’ अमित लामाले फिक्सो तथा कप्तान विजयी श्रेष्ठलाई दिएको पास माल्दिभ्सका आसिफ अहमद चौधरीले खोसे । अनि राइट साइडमा रहेका हम्जा नुसरतलाई पास दिए । पास दिने क्रममा बल रोक्न अगाडि बढेका गोलकिपर पदम तामाङ बिट भए । खाली पोस्टमा गोल गर्न नुसरतलाई कुनै गाह्रो भएन ।

गोल खाएको अर्को मिनेटमै नेपाल खेलमा फर्कियो । अमितले आफूलाई ‘रिडिम’ गर्दा नेपालको गोल सम्भव भयो । उनको पासमा पिभोट विक्रान्त नरसिंह रानाले गोल गरे ।

३३औं मिनेट- खेलको टर्निङ पोइन्ट बन्यो । यसपाली पनि अमित ‘सेन्टर अफ अट्र्याक्सन’ रहे । दोस्रो गोलको प्रयासमा रहेका हम्जालाई अमितले पछाडिबाट फउल गरेर लडाए । रेफ्रीले अमितलाई रातो कार्ड देखाए । माल्दिभ्सले पेनाल्टी बक्सको करिब फ्रिकिक प्राप्त गर्यो । जसमा कप्तान मुहम्मद हस्सन जफर गोल गर्न सफल रहे । उनको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

नेपालले आफ्नो पाँचौं खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||