काठमाडौं । एन्फा राष्ट्रिय लिगमा नेपाल एपिएफ क्लबले चर्च ब्वाइज युनाइटेडमाथि ४-१ को सहज जित हासिल गरेको छ ।
बिहीबार च्यासल रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा एपिएफलाई जित दिलाउन युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले एक–एक गोल गरे । चार गोलले पछाडि परेको अवस्थामा चर्च ब्वाइजका लागि मिलन राईले सान्त्वना गोल फर्काए ।
लगातार दोस्रो जितसँगै एपिएफले शीर्ष स्थानको लालिगुँरास एसोसिएसन क्लबसँग अंक र गोल भिन्नतामा बराबरी गरेको छ ।
दिनको दोस्रो खेलमा संकटा एफसी र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् । दिउँसो ३ बजे हुने यो खेल च्यासल रंगशालामा हुनेछ । सोही समयमा न्युरोड टिम (एनआरटी) र काँक्रे बिहार क्लबको भेट एन्फा मुख्यालय मैदानमा हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
