काठमाडौं । एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबले नव जनजागृति क्लबसविरुद्ध ५–१ को फराकिलो जित हासिल गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीका लागि कप्तान शिशिर लेखीले दुई तथा मार्टिन्स कायोडे सिलोई अजाई, सुवास वम र सिमान्त थापामगरले समान एक गोल गरे । पाँच गोलले पछाडि परेको अवस्थामा विक्रम थोकरले जनजागृतिका लागि सान्त्वना गोल फर्काएका थिए ।
दिनको दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको छ । जहाँ सातदोबाटो युवा क्लब र मनाङ मर्स्याङ्दी क्लब एकअर्कासँग खेलिरहेका छन् । दशरथ रंगशालामै हुने तेस्रो खेलमा लालिगुँरास एसोसिएसन र नेपाल पुलिस क्लब आमने–सामने हुनेछन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
