माघ ४, २०८२ आइतबार | २३:०६:०५
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा आइतबार सम्पन्न दिनको दोस्रो र तेस्रो खेलमा क्रमशः पाकिस्तान र बंगलादेशले विजयी हासिल गरेका छन् ।

भारत र नेपालबीचको खेल नाटकीय बराबरीमा सकिएपछि बैंककस्थित नोनथाबुरी रंगशालाले पाकिस्तान र श्रीलंकालाई आतिथ्य गरेको थियो । जसमा बाजी पाकिस्तानले मार्यो । पाकिस्तानले श्रीलंकाको चुनौती ५-२ ले पन्छायो ।

पाकिस्तानको जितमा अली अघाले दुई तथा मुहम्मद हस्सन जफर खान, हाम्जा नुस्रत र आसिफ अहमद चौधरीले समान एक गोल गरे । श्रीलंकाका लागि मोहम्मद आकिब मोहम्मद फैजल र अब्दुल अजिज मोहम्मद अज्मिरले गरेको गोल सान्त्वना बन्यो ।

तेस्रो खेलमा बंगलादेशले भुटानलाई ४-१ ले हरायो । बंगलादेशको जितमा मोहम्मद मोइन अहमदले दुई तथा मोहम्मद फेयसल होस्सेन र काजी इब्राहिम अहमदले समान एक गोल गरे । २-० ले पछाडि परेको अवस्थामा भुटानका लागि कप्तान किंगा वाङचुकले एक गोल फर्काएका थिए ।

यसअघि पहिलो खेलमा अन्तिम साढे एक मिनेट सम्हालिन नसक्दा नेपालले भारतसँग ३-३ को बराबरी गरेको थियो ।

आफ्नो तेस्रो खेलमा मंगलबार पाकिस्तानले नेपालसँग खेल्नेछ । सोही दिन बंगलादेशले श्रीलंका र माल्दिभ्सले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate