माघ ४, २०८२ आइतबार | २२:३१:५९
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशासनमा तेस्रो पक्षको संलग्नतालाई निषेध गर्न फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट आएको निर्देशनलाई उद्धृत गर्दै आसन्न ‘अर्ली इलेक्सन’मा फेरि पनि हस्तक्षेपका कामहरु भए नेपाली फुटबल निलम्बनमा पर्ने जानकारी गराएको छ ।

आइतबार आफ्ना सरोकारवालालाई पत्रमार्फत फिफा र एएफसीको निर्देशनलाई एन्फाले उद्धृत गरेको हो । कार्यसमिति सदस्य, जिल्ला फुटबल संघ, प्रादेशिक संघ, डिभिजन फुटबलका क्लब र निर्वाचन निकायहरुलाई पठाइएको पत्रमा एन्फाका महासचिव किरण राईले अर्ली इलेक्सनमा साथ दिन आग्रह गरेका छन् ।

फिफा र एएफसीबाट संयुक्त पत्र प्राप्तमार्फत एन्फाले अर्ली इलेक्सनका लागि पूर्ण रुपमा अधिकार पाएको उल्लेख गर्दै राईले तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्ने कुरा राखेका छन् ।

शुक्रबार जनवरी १६ मा प्राप्त पत्रमा चार वर्षे कार्यकालको मिति पूरा नभई अर्ली इलेक्सन गर्नु एन्फाको विधान अनुरुप रहेको कुरा प्रस्ट पारेकाले यसमा साथ दिन राईले अनुरोध गरेका छन् ।

‘सरकारी निकाय वा बाह्य संस्थाहरुसहित तेस्रो पक्षले चुनावी प्रक्रियामा बाधा पुर्याउने कुनै पनि प्रयासले गम्भिर परिणामहरु निम्त्याउन सक्छ । जसमा फिफा नियमहरुअन्तर्गत संघको सम्भावित निलम्बन समावेश छ,’ पत्रमा लेखिएको छ, ‘निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको अवस्थामा संघ निलम्बनमा पर्ने र नेपाली फुटबल दुर्घटनामा जाने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न बञ्चित हुनुपर्ने र सर्वोच्च निकायबाट प्राप्त हुने आर्थिक अनुदानहरु रोकिने छ ।’

पाटन उच्च अदालतले गत सोमबार अन्तरिम आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन बोलाएको थियो । त्यस अवधिसम्म निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले आदेश जारी गरेको थियो । तर, अदालतले आदेश विपरित एकतर्फी रुपमा एन्फाले माघ २८ गते तोकिएको चुनावी प्रक्रिया अगाडि बढाइरहेको छ । एन्फाले पूर्ववत कार्यतालिकाअनुसार नै शनिबार उम्मेदवारी मनोनयन कार्यक्रम सक्काएको छ । नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate