फाल्गुन २१, २०८२ बिहीबार | ०२:००:४३
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी

तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशासनमा तेस्रो पक्षको संलग्नतालाई निषेध गर्न फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट आएको निर्देशनलाई उद्धृत गर्दै आसन्न ‘अर्ली इलेक्सन’मा फेरि पनि हस्तक्षेपका कामहरु भए नेपाली फुटबल निलम्बनमा पर्ने जानकारी गराएको छ ।

आइतबार आफ्ना सरोकारवालालाई पत्रमार्फत फिफा र एएफसीको निर्देशनलाई एन्फाले उद्धृत गरेको हो । कार्यसमिति सदस्य, जिल्ला फुटबल संघ, प्रादेशिक संघ, डिभिजन फुटबलका क्लब र निर्वाचन निकायहरुलाई पठाइएको पत्रमा एन्फाका महासचिव किरण राईले अर्ली इलेक्सनमा साथ दिन आग्रह गरेका छन् ।

फिफा र एएफसीबाट संयुक्त पत्र प्राप्तमार्फत एन्फाले अर्ली इलेक्सनका लागि पूर्ण रुपमा अधिकार पाएको उल्लेख गर्दै राईले तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्ने कुरा राखेका छन् ।

शुक्रबार जनवरी १६ मा प्राप्त पत्रमा चार वर्षे कार्यकालको मिति पूरा नभई अर्ली इलेक्सन गर्नु एन्फाको विधान अनुरुप रहेको कुरा प्रस्ट पारेकाले यसमा साथ दिन राईले अनुरोध गरेका छन् ।

‘सरकारी निकाय वा बाह्य संस्थाहरुसहित तेस्रो पक्षले चुनावी प्रक्रियामा बाधा पुर्याउने कुनै पनि प्रयासले गम्भिर परिणामहरु निम्त्याउन सक्छ । जसमा फिफा नियमहरुअन्तर्गत संघको सम्भावित निलम्बन समावेश छ,’ पत्रमा लेखिएको छ, ‘निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको अवस्थामा संघ निलम्बनमा पर्ने र नेपाली फुटबल दुर्घटनामा जाने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न बञ्चित हुनुपर्ने र सर्वोच्च निकायबाट प्राप्त हुने आर्थिक अनुदानहरु रोकिने छ ।’

पाटन उच्च अदालतले गत सोमबार अन्तरिम आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन बोलाएको थियो । त्यस अवधिसम्म निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले आदेश जारी गरेको थियो । तर, अदालतले आदेश विपरित एकतर्फी रुपमा एन्फाले माघ २८ गते तोकिएको चुनावी प्रक्रिया अगाडि बढाइरहेको छ । एन्फाले पूर्ववत कार्यतालिकाअनुसार नै शनिबार उम्मेदवारी मनोनयन कार्यक्रम सक्काएको छ । नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||