फाल्गुन १, २०८२ शुक्रबार | १०:३३:३३
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचनका सम्पूर्ण काम कारवाही अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आइतबार जारी गरेको आदेश । 

आदेशमा भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा हेर्दा, निज निवेदकहरु अखिल फुटवल संघको विधानबमोजिम २०७९ असार ६ गते  निर्वाचन सम्पन्न गरी निर्वाचित कार्य समितिको सदस्य रहेको देखिन्छ । उक्त निर्वाचित कार्य समितिको ४ वर्षको कार्यकाल बाँकी नै रहेको अवस्थामा विपक्षी एन्फा कार्य समितिको बैठकको मिति २०८२ पुस १६ गते निर्वाचन सम्बन्धी निर्णय एवं उक्त निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारवाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रविन्द्र चन्दले अघिल्लो साता रिट दायर गरेका थिए । रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ ।

एन्फाले जिल्ला र प्रदेशको निर्वाचन बिनै अर्ली इलेक्सन मिति तोकेपछि राखेपमा उजुरी परेको थियो । राखेपले पनि ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ ।

यसअघि गोरखा जिल्ला फुटबल संघका पदाधिकारी अमित खत्रीले निर्वाचनमा सहभागी हुन पाउने आफ्नो अधिकार हनन भएको भन्दै रिट दायरा गरेपछि उच्च अदालत पाटनले निर्वाचनको सबै कार्यक्रम तत्काल रोक्न आदेश दिएको थियो । अदालतले दुबै पक्षलाई माघ ६ गते छलफलमा बोलाएको छ ।

यता, एन्फाले राखेप र अदालतको आदेश विपरित निर्वाचनको कार्यक्रम अगाडि बढाएको छ । एन्फाले पूर्ववत कार्यतालिकाअनुसार नै शनिबार उम्मेदवारी मनोनयन कार्यक्रम सक्काएको छ । नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026