काठमाडौं । राष्ट्रिय लिगमा आज (शुक्रबार) दुई बलिया टोली मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि चार खेल सम्पन्न गरेपनि यो खेललाई औपचारिक उद्घाटन खेल बताएको छ ।
उद्घाटन खेल राति ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘प्mलड लाइट’ मा खेलाइनेछ । खेलअघि कन्सर्ट पनि हुँदैछ ।
सहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेपछि एन्फाले यसपटक राष्ट्रिय लिग आयोजना गरेको हो । यो लिगमा १७ टिम सहभागी हुँदा मछिन्द्र र एनआरटी नै उपाधिका मुख्य दाबेदार हुन् ।
त्यसैले पनि यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ । यता, दुबै टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेका छन् ।
मछिन्द्र पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा मैदान ओर्लिदैछ । दुई पटक सहिद स्मारक ए डिभिजन लिग जितेको मछिन्द्रमा सनिस श्रेष्ठ लगायत खेलाडी छन् ।
मछिन्द्र भने कृतिश रत्न छुन्जुको कप्तानीमा छ । यहाँ मनिष डांगी, अञ्जन विष्ट, आदित्य शाक्य, पदम भट्टराई, रन्दिप पौडेल जस्ता खेलाडी छन् ।
